आईपिएम कृषक पाठशालाको लागी प्रारम्भिक भेला
भीरकोट :
भीरकोट नगरपालिका वडा नं. २ मा आईपिएम कृषक पाठशालाको लागी प्रारम्भिक भेला सम्पन्न भएको छ । भारथान लुवाडाँडा कृषक समूहमा सुन्तलाको आईपिएम कृषक पाठशाला कार्यक्रम सञ्चालन हुने भएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सन्तला सुपरजोनका कार्यालय प्रमुख अजय अधिकारीको नेतृत्वमा आएको टोली सहभागि प्रारम्भिक भेलाले समिति गठन गरेको छ ।
पाठशालाका लागी सुन्तला सुपरजोनले प्राविधिक सहयोग गर्नेछ । भेलाले रविन खांणको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना केसी, सचिवमा अस्मिता अधिकारी, कोषध्यक्षमा सागर खांण रहनुभएको छ भने सदस्यहरुमा प्रतिमा जैसी, प्रेमबहादुर खत्रि र उषा थापा रहनुभएको छ । भेलालाई सम्बोधन गर्दै वडा नं. का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीले कृषकहरुको सिप विकास तथा उत्पादित उपजको बजारीकरणका लागी नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
कृषि नै नगरको समृद्धिको आधार भएको भन्दै कृषकका मागहरु नगरले सम्बोधन गर्ने बताउनुभयो । कार्यक्रम वडा नं. २ कार्यबहाक अध्यक्ष खड्कबहादुर महतको अध्यक्ष्तामा सम्पन्न भएको थियो भने कार्यक्रममा अगुवा कृषक पदमबहादुर केसी, कृष्ण बहादुर अधिकारीलगायतले बोल्नुभएको थियो । सुन्तलाको आईपिएम कृषक पाठशाला अन्र्तगत १ वर्षको कार्यक्रम हुनेछ । कार्यक्रम माघ ३ गतेबाट शुरु हुँदैछ । पाठशालामा सुन्तलाको विजारोपण तथा विरुवा रोपण, यसका लागी चाहिने गोडमेल, मलपानी व्यवस्थापनलगायतका विषयहरु क्ृषकलाई सिकाईनेछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


