स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
स्याङ्जा :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीमा घाँस काट्न जाँदा भिरबाट लडेर २८ वर्षीय एक युवकको ज्यान गएको छ । घरबाट घाँस काट्न निस्किएका सोभाकान्त ढकालको स्थानीय मौरिभिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । माघ ९ गते दिउँसो अन्दाजी ११ः३० बजे सोभाकान्त घाँस काट्ने क्रममा भिरबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृतक ढकाल स्थानीय ५५ वर्षीय देउ बहादुर ढकालका छोरा हुन् ।घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी पञ्चमुलबाट प्रहरी सहायक निरीक्षक डेडबहादुर थापा र जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी निरीक्षक कलम नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दिउँसो १५ः५५ बजे घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल पुतलीबजार पठाएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए । ढकाल घरबाट ‘घाँस काट्न जान्छु’ भनी निस्किएका थिए ।
प्रहरीका अनुसार मौरिभिर निकै अप्ठ्यारो र भिरालो रहेकाले सोभाकान्तको सन्तुलन बिग्रिएर खसेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । जाडो मौसममा घाँसको अभाव हुने र भिरालो जमिनमा घाँस काट्दा जोखिम हुने भए पनि ग्रामीण क्षेत्रमा स्थानीयहरू यस्तो जोखिम मोल्न बाध्य छन् । मृतकको शव पोस्टमार्टम पछि मात्रै परिवारलाई बुझाइने प्रहरीले बताएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


