विद्यार्थी खाजामा पाँच रुपियाँ अनुदान
स्याङ्जा :
स्याङ्जाको बिरुवा गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा प्रतिविद्यार्थी प्रतिदिन पाँच रुपियाँका दरले रकम थप गराएको छ । पालिकाले ३२ वटा विद्यालयमा अध्ययनरत ५५४ जना विद्यार्थीलाई दिवा खाजामा सहयोग गरेको हो । नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई एक दिनका लागि २० रुपियाँ दिने गरेकोमा पालिकाले पाँच थपेर २५ रुपियाँ पु¥याएको हो । विद्यालयमा नियमित उपस्थिति बढाउने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले यो सहयोग गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताउनुभयो । अनुदान रकम सम्बन्धित विद्यालयमार्फत विद्यार्थीको दिवा खाजामा खर्च गरिएको उपाध्यायले बताउनुभयो ।
बालबालिकाको शिक्षासँगै स्वास्थ्यमा पनि ध्यान दिनु स्थानीय सरकारको दायित्व भएको बताउँदै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले सानो सहयोग भए पनि यसले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न र पोषणमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको बताउनुभयो । कार्यक्रम कार्यान्वयनमा पारदर्शिता अपनाइने बताउँदै कुँवरले अनुदान रकम सही उद्देश्यका लागि खर्च होस् भनेर नियमित अनुगमन गर्ने गरेको बताउनुभयो । शिक्षाको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरतासमेत दिने कुँवरको भनाइ थियो ।
पालिकाले विद्यालयको हाजिरी हेरेर १८० दिनका लागी ४ लाख ९८ हजार छ सय खर्च गरेको हो । सङ्घीय सरकारले दिएको खाजा खर्च परिवारले लाने गरेकोमा अहिले पालिका थप रकम दिएसँगै विद्यालयमै दैनिक तालिका बनाएर विद्यार्थीले खाजा खाने गरेका छन् । गाउँपालिकाको यो निर्णयलाई अभिभावक र विद्यालय प्रशासनले समेत सकारात्मक रूपमा लिएका छन् ।
समाचार
थप सामाग्री
सवारी दुर्घटनापछि विवाद हुँदा तीन जना घाइते, एक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक…


