चार नाल भरुवा बन्दुकसहित तीन पक्राउ ।
स्याङ्जा :
स्याङ्जाको विरुवाबाट चार वटा भरुवा बन्दुक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय,स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले बन्दुक, यसमा लाग्ने सामाग्री सहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरी विरूवा गाउँपालिका–३ सिउडीका ७७ वर्षीय तिल बहादुर पुलामीको घरबाट एक नाले भरुवा भन्दुक दुई थान, बारुद थान २२३ ग्राम, छर्रा थान–३१, छर्रा बनाउन प्रयोग हुने शिशा थान–१ र भरुवा बन्दुकमा प्रयोग हुने फलामको घोडा थान–१ बरामद गरेको हो ।
यस्तै सोही ठाउँका ६५ वर्षीय मिन बहादुर पुलामीको घरबाट एक नाले भरुवा भन्दुक थान–१ , भरुवा बन्दुकमा प्रयोग हुने भित्र छर्रा थान–१७, बारुद ५० ग्राम , केप थान–२ बरामद गरेको हो ।
यसैगरी सोही ठाउँका ६५ वर्षीय रण बहादुर थापाको घरबाट एक नाले भरुवा बन्दुक एक थान,भरुवा बन्दुकमा प्रयोग हुने छर्रा थान–२३ , बारुद ३७० ग्राम , केप थान–५ बरामद गरेको हो ।
बन्दुक तथा यसमा प्रयोग हुने सामाग्री सहित तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । घरमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक र सामाग्रीहरु बरामद गरिएको उहाँको भनाई छ । यसबारेमा आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


