‘१४२’ वर्षका व्यक्तिको मृत्यु, सन्तान १३४ जना
आफूलाई सबैभन्दा धेरै उमेरको मानिस दाबी गर्ने साउदी पुरुष नासिर बिन रदान अल राशिद अल वदाईको मृत्यु भएको छ।
गल्फ न्यूजका अनुसार जनवरी ८ मा राजधानी रियादमा उनको मृत्यु भएको हो । उनले आफूलाई १४२ वर्ष उमेरको भएको दाबी गरेका थिए।
धाहरान अल जनूबमा उनको अन्त्येष्टि प्रार्थना गरिएको थियो, जहाँ ७ हजार भन्दा धेरै मानिस उपस्थित भएका थिए । त्यसपछि उनको पैतृक गाउँ अल राशिदमा अन्त्येष्टि गरिएको समाचारमा उल्लेख छ।
परिवारिक श्रोतका अनुसार वदाईका छोराछोरी र नातिनातिना र तिनका समेत सन्तान गरी १३४ जना सन्तान रहेको दावी गरिएको छ । उनले ७ श्रीमती बिहे गरेको बताइएको छ ।
साउदी मिडियाका अनुसार अल वदाईको जन्म सन् १८८४ मा भएको थियो । स्मरण रहोस् सोही वर्ष अमेरिकामा स्ट्याच्यू अफ लिबर्टीको निर्माण सुरु भएको थियो । त्यतिबेला साउदी अरेबियाको एकीकरण समेत भएको थिएन ।
उनको परिवारका अनुसार उनले देशका संस्थापक राजा अब्दुल अजीजदेखि वर्तमान राजा सलमानसम्मको समय देख्ने भोग्ने मौका पाए ।
अल वदाईको जीवनमा धेरै अनौठा घटनाहरू भए । उनले ११० वर्षको उमेरमा अन्तिम पटक विवाह गरे र कान्छी पत्नीबाट छोरी समेत जन्माए । उनी धार्मिक आस्थामा समर्पित थिए । जीवनभर गरी उनले ४० भन्दा बढी पटक हज यात्रा गरेका थिए ।
वास्तविक उमेरमाथि शंका
आफूलाई १४२ वर्षको दाबी गर्ने वदाईको वास्तविक उमेरबारे विशेषज्ञहरूले भने आशंका व्यक्त गर्ने गरेका छन् । ब्रिटिश सोसाइटी फर रिसर्च अन एजिंगका अध्यफ डेभिड वीनकोभका अनुसार कुनै व्यक्ति १४२ वर्षसम्म जीवित रहनु असम्भव हुन्छ ।
उनी भन्छन्- मानिस १०० वर्षको उमेरपछि हरेक थप वर्ष बाँच्नु भनेको गाई की त्रिशुल खेल्नुजस्तै हो । अर्थात् मानिसको कुनैपनि बेला मृत्यु हुने प्रबल सम्भावना हुन्छ । अझ १४२ वर्ष पुग्नु भनेको त ४० पटक लगातार सिक्का टस गर्दा हरेक पटक एउटै पाटो पल्टिनुजस्तो असम्भव कुरा हो।
स्मरण रहोस् गिनिज बुक अफ वर्ल्ड रेकर्डस् का अनुसार संसारमा हालसम्म सबैभन्दा बढी उमेरसम्म बाँच्ने व्यक्ति जीन कालमेट हुन् । उनी १२२ वर्षसम्म बाँचेकी थिइन्। एजेन्सी
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


