आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह

काठमाडौँ :

आयुर्वेद चिकित्सा परिषद् नेपालले परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह गरेको छ । परिषद्ले सूचना जारी गर्दै आयुर्वेद चिकित्सा परिषदमा अद्यावधिक दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह गरेको हो ।

आयुर्वेदसँग सम्बन्धी चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ, विशेषज्ञ वा संस्थाको नाम जोडेर औषधी उपचार वा चिकित्सा सेवालगायतका विभिन्न पक्षमा विभिन्न सामाजिक  सञ्चालमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने खालका विषयवस्तुको विज्ञापन वा सूचनाको प्रचारप्रसार भएकोले परिषद्ले यस्तो आग्रह गरेको हो ।

परिषदमा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति, वा संस्थाले आयुर्वेद औषधी, उपचार  सेवा वा सामग्रीको नाममा त्यस्ता भ्रामक वा अतिरञ्चित विज्ञापन वा प्रचार प्रसार नगर्नु नगराउनुहुन परिषद्ले  अनुरोध गरेको छ ।

त्यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, निमय कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP