टिकटकले तीन महिनामा नेपालबाट हटायो २८ लाखभन्दा धेरै भिडियो
काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउने जनाउँदै सन् २०२५ तेस्रो त्रैमासिकको ‘गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ ।
जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमको विवरण प्रस्तुत गर्दछ ।
पछिल्लो ३ महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल २८ लाख २९ हजार ६१२ वटा भिडियो हटाइएका छन् । जुलाईदेखि सेप्टेम्बरसम्म सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमध्ये ९८.० प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए ।
विश्वव्यापी रूपमा, यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२०४,५३४,९३२) भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो ।
समाचार
थप सामाग्री
शिक्षक सरुवा र बढुवामा पैसाको चलखेल आरोप ।
२ हप्ता अगाडि
श्रीकृष्ण सिग्देल/स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकामा शिक्षक सरुवा र बढुवा गर्दा पैसाको चलखेल हुने गरेको रहस्य खुलेको छ । स्याङ्जाकै…


