मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
स्याङ्जा :
मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत टेलिभिजन उपलब्ध गराएको हो । टेलिभिजन प्रदान गर्दै बैंकका सञ्चालक भरतप्रसाद लम्सालले प्रहरी कार्यालयका लागि टेलिभिजनको आवश्यकता महसुसगरि उपलब्ध गराएको बताउनुभयो ।
कार्यालयमा आउने जो कोहीले पनि प्रतिक्षालयमा बसेर सूचनामूलक श्रब्यदृश्य सामाग्री हेर्न र सुन्न पाउनेगरि सेवाग्राहीलाई सहयोग पुग्ने उहाको भनाई छ । उपलब्ध सो टेलिभिजन सेवाग्राहीकालागि प्रतिक्षालयमा राखिने भएको छ ।
सोही कार्यक्रममा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले सहयोगप्रति बैंकलाई धन्यवाद ब्यक्त गर्दै मनकारी संस्थाका सहयोगले कार्यालयलाई थप हौसला बढाएको बताउनुभयो ।
कार्यक्रममा बैकका क्षेत्रीय निर्देशक ऋषिराम ढकाल र प्रहरी निरीक्षक सागर कार्कीले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बिबिध सेवा उपलब्ध गराउदै आएकोमा जोड दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


