गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
स्याङ्जा :
नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक परेको छ । स्याङ्जाका नेता अर्यालका जेठा छोरा माधव अर्याल ‘मुक्ति’ को सोमबार निधन भएको हो । ३८ वर्षीय माधवको पोखरामा उपचारका क्रममा मृत्यु भयो ।
माधव पछिल्लो समय जापानमा बस्दै आएका थिए । त्यहाँ जन्डिसबाट गम्भीर बिरामी भएपछि उनलाई स्वदेश फर्काइएको थियो । करिब ५ महिनाअघि नेपाल ल्याएर उनको उपचार भइरहेको थियो । पोखरासहित विभिन्न ठाउँमा उपचार गराइए पनि उनलाई बचाउन सकिएन ।
मृतक माधवका श्रीमती दीपा र ९ वर्षीय छोरा आदीन छन् । उनका बुबा भोजराजसहित आमा भगवती अर्याल, भाइ मिलन र बहिनीहरू मनीषा तथा ममता छन् । बुबा भोजराज नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँले तत्कालीन वालिङ गाविसको अध्यक्ष र वालिङ नगरपालिकाको पहिलो मेयर भएर समेत काम गरिसक्नु भएको छ । गण्डकी प्रदेशको अर्थ विकास समितिका सभापति अर्याल नेपाली कांग्रेस स्याङ्जाका विभिन्न पदमा बसेर काम गरिसक्नु भएको छ ।
माधवको शव पोखराबाट स्याङ्जाको वालिङस्थित निवासमा ल्याईएको थियो छ । घरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
अर्यालको कालीगण्डकी नदी स्थित रामनदी धाममा दाहसंस्कार गरिएको छ ।
निधनको खबर पाएलगत्तै पोखरामा रहेका कांग्रेस नेता तथा जनप्रतिनिधिहरू पोखरा स्थित गण्डकी मेडिकल अस्पतालमा पुगेका थिए । उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सांसद अर्यालसहित परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


