स्याङ्जामा दुई लाख पचास हजार मतदाता
स्याङ्जा : फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचनमा यहाँ पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला मतदाता एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या चार हजार ७२७ ले बढेको थापाले बताउनुभयो । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं –१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नं –२ मा एक लाख १७ हजार ९३० जना मतदात रहेका छन् ।
क्षेत्र नं –१ मा २०७९ सालको तुलनामा तीन हजार ४७५ र क्षेत्र नं –२ मा एक हजार २५२ जनाले मतदाता बढेको थापाले बताउनुभयो ।
यहाँ जिल्लाभर १९९ मतदानस्थल रहेकोमा ३२२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्र सङ्ख्या दुई वटाले बढेको हो ।
विगतमा जिल्ला कारागारमा एक अस्थायी मतदान स्थल रहने गरेकोमा यो सङ्ख्यामा सो नरहेको हो । gorkhapatra
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


