निर्वाचन होईन जनमत संग्रह : प्रसाईँ
वालिङ :
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसार्इँले नागरिकलाई निर्वाचन होईन जनमत संग्रह आवश्यक रहेकोे बताउनुभएको छ । विहिबार स्याङ्जाको वालिङमा सम्बोधन गर्दै प्रसाइँले दल, जातजाती, धर्म भन्दा देश ठुलो भएको भन्दै देशलाई बचाउने महाअभियानको अभिभारा बोकेर आँफू अगाडि बढेको बताउनुभएको छ ।
नेपाल जस्तो देशले संघिय प्रणाली थेग्न नसक्ने भन्दै यो व्यवस्था फेल भईसकेको प्रसाईँको भनाई थियो । उहाँले भन्नुभयो, “बैंक तथा वित्तिय संस्थाले सर्वहारा नागरिकलाई बाँच्न दिएको छैन् । कर र विभिन्न बहानामा नागरिकसंग पैसा असुल्ने र मर्न बाध्य बनाउने परिस्थिति सृजना गरिएको छ । यसका लागी नागरिक बचाउ महाअभियानको स्थापना गरिएको हो ।” नागरिकले बैंक तथा वित्तिय संस्थासंग लिएको ऋण तिनुपर्छ तर सर्वहारा जो तिर्न नसक्ने अवस्थामा छ त्यस्तालाई मिनाहा गर्नुपर्ने आफ्नो अभियानको माग रहेको प्रसार्इँले बताउनुभयो ।
जेनजि आन्दोलनको प्रसंग उल्लेख गर्दै प्रसाईँले भदौ २४ गते देशको गरिमा बोकेका संरचना जलाईनु र रबिलाई छुटाउनु निकै षड्यन्त्रपुर्वक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले फेरि तिनै व्यक्तिहरु प्रधानमन्त्रीको भागभण्डा गर्दैछन् रे प्रधानमन्त्रीको भागभण्डा त कांगे्रस, एमाले र माओवादीले पनि गरेकै थिए । ति पार्टी र वर्तमान परिप्रेक्षमा हाई हाई बनाईएका व्यक्तिमा केहि फरक देखियो त ?” अब नागरिकले हरेकको मुल्यांकन गर्न आवश्यक रहेको भन्दै व्यापार व्यवसाय गरेर बैंकको ऋण तिर्ने वातावरण बनाईनुपर्नेमा उहाँको जोड थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


