भीरकोटमा मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न
भीरकोट :
भीरकोट नगरपालिका, स्याङ्जाको आयोजनामा “हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने नाराका साथ ज्येष्ठ नागरिक दिवस–२०८२ को अवसरमा मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्यक्रम भीर्कोट नगरपालिका–६, खिलुङ देउराली स्वास्थ्य चौकी परिसरमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, विशिष्ट अतिथि नगर उप–प्रमुख भगवती रेग्मी अर्याल, नगर प्रवक्ता दिपेन्द्र के.सी. सहित अन्य वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा ५६ जना ज्येष्ठ नागरिकहरूले प्रेसर, सुगर, दम तथा हाडजोर्नीसम्बन्धी रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए। शिविरमार्फत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख कर्माचार्यले ज्येष्ठ नागरिकहरू नगरका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्य, सम्मान र संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको बताए। नगर उप–प्रमुख अर्यालले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूमा सकारात्मक ऊर्जा र आत्मसम्मान बढाउने बताइन्।
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक भएको आयोजक भीरकोट नगरपालिकाले जनाएको छ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


