स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते

वालिङ :

सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको एमएचओ ४ एमएनओ ०७९३  नम्बरको कार करिब बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

खोलामा पानी लिन गएका स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गल्याङ चौकीबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा घाइतेहरुको उद्धार गरी थप उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP