करदाता सेवा कार्यालय खारेज
सरकारले मुलुकभरका करदाता सेवा कार्यालय खारेज गरेको छ । करसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने गरी कार्यालय खारेज गरिएको हो ।
जसअनुसार करदाता कार्यालयबाट प्रवाह हुँदै आइरहेका सेवामध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) लगायत सेवा सम्बन्धित स्थानीय तहबाट दिने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागले जानकारी गराएको छ ।
तर, सो सेवा सुचारु हुन समय लाग्नसक्ने अवस्थामा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रवाह हुने व्यवस्था मिलाइएको विभागको भनाइ छ ।
विभागका अनुसार कर भुक्तानी, करचुक्ता प्रमाणपत्रलगायत धेरै सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयनमै रहेको छ ।
साथै, करदाता कार्यालय खारेज गरिएपनि वैकल्पिक व्यवस्था नभएसम्म त्यहाँबाट सेवा सुचारु रहने पनि विभागले जनाएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


