कृषकलाई अनुदानमा गहुँको बीउ
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको एक कृषि सहकारीले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ । वालिङ नगरपालिकामा रहेको अकला नमुना साना किसान कृषि सहकारी संस्थाले सहकारीमा आवद्ध कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको हो ।
सहकारीले समूहमा आबद्ध शेयर सदस्य कृषकलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ दिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा मार्फत प्राप्त स्वर्गद्धारी र गौतम जातका गहुँको बिउ वितरण गरिएको सहकारीले जनाएको छ । सहकारीले बनाएको ३५५ समूहमा दुई हजार ५४५ जना सेयर सदस्य कृषक आवद्ध छन् ।
५ रोपनी भन्दा बढि क्षेत्रफलमा गहुँ खेती गर्ने कृषकलाई १८ किलोदेखि २५ किलोग्रामसम्म गहुँको बीउ वितरण गरेको सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेलले जानकारी दिईन् । बजार मुल्य प्रतिकिलो ८५ रुपैयाँ पर्ने गहुँको बीउ ३० रुपैयाँ प्रतिकिलोका दरमा कृषकलाई वितरण गरिएको छ ।
वालिङ नगरपालिकाका १४ वटा वडा र गल्याङ् नगरपालिका वडा नं.–२, ३, ७ र ८ कार्यक्षेत्र रहेको सहकारीले गहुँ, धान, मकै र मौसमी तरकारीका बीउविजन वितरण गर्दै आएको छ । पहिलो चरणमा ७२ जना कृषकले गहुँको बीउ लगेको सहकारीले जनाएको छ ।
सहकारीले डेरी उद्योग समेत संचालन गर्दै आएको छ । शेयर सदस्यले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थको बजारीकरण बिक्री वितरण गर्दै आएको सहकारी मार्फत उत्पादित छुर्पि विदेश निर्यात हुँदै आएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


