वालिङ वैकर्स क्लवको अध्यक्षमा मुक्तिनाथ वैकका काफ्ले
वालिङ :
वालिङ बैंकर्स क्लबको नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न अधिवेशनले मुक्तिनाथ विकास बैंक वालिङ शाखाका प्रबन्धक नवीन काफ्लेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
क्लवका अध्यक्ष प्रेम अर्यालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आफ्नो कार्यकालको समितिको कार्यकाल समीक्षा र नयाँ नेतृत्व चयन गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले क्लबले विगतका गतिविधिबाट समाजमा वित्तीय सचेतना अभिवृद्धि गर्न र विभिन्न बैंक तथा वित्तीय संस्थाबीच सहकार्य र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले क्लबको आगामी कार्यकालमा अझ सशक्त रूपमा साझा हितका कार्यक्रम अघि बढ्ने विश्वास व्यक्त गरे ।
नव–निर्वाचित समितिको उपाध्यक्षमा दीपक काफ्ले, सचिव मणीप्रसाद वश्याल, कोषाध्यक्षमा महेश गौतम सह–सचिव , कृष्णप्रसाद काफ्ले, सदस्य कमलराज रेग्मी र दर्शना भट्टराई चयन भएका छन् ।
क्लबका नवनिर्वाचित अध्यक्ष काफ्लेले सबै बैंक तथा वित्तीय संस्थाबीच एकता, सहकार्य र समुदायप्रतिको दायित्वमा क्लब सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा गरिमा विकाश वैकका क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


