नेकपा एमाले स्याङजाको आयोजनामा जनसभा सम्पन्न ।

स्याङजा :
नेकपा एमालेका सचिव पद्मा अर्यालले जेनजिले अगाडि सारेको एजेण्डा र नेकपा एमालेको एजेण्डा एउटै भएको बताउनुभएको छ । देशलाई भ्रष्ट्राचारमुक्त बनाई शुसासन कायम गर्ने नेकपा एमालेको पनि एजेण्डा भएको भन्दै जेनजिका सकारात्मक र राष्ट्रहितको पक्षमा रहेका मागप्रति नेकपा एमालेको पनि सर्मथन रहेको बताउनुभएको हो ।
नेकपा एमाले जिल्ला कमिटिले स्याङ्जामा शुक्रबार गरेको जनसभालाई सम्बोधन गर्दै जेनजिले देशमा विध्वंस मच्चाउने, देश जलाउने, समाजलाई त्रासपुर्ण बनाउने काम नगरेको भन्दै जेनजिको नाममा प्रतिगामी शक्तिहरुले षडयन्त्र गरेको सचिव अर्यालको भनाई छ । प्रतिगामीलाई हटाउनका लागी नेकपा एमाले अहिले सडकमा आएको भन्दै जनताको साथ र सर्मथनमा मुलुकलाई लोकतन्त्र गणतन्त्रतर्फ फर्काउने विश्वास व्यक्त गर्नुभयो ।
वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संविधानको मर्म र भावना विपरित बनेको सरकारका विरुद्धमा नेकपा एमाले जनताको बीचमा आएको सचिव अर्यालको भनाई छ । बंगलादेश र डेनमार्कको उदाहरण दिँदै जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकारले चुनाव गराउँछु भन्ने हास्यास्पद भएको अर्यालले बताउनुभयो । सार्वभौम सत्ता संसद जिवित रहँदा रहँदै पनि गलत तरिकाबाट बनेको वर्तमान सरकारले देशलाई असफल बनाउने उद्देश्यका साथ अगाडि बढेको उहाँले बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा नेकपा एमालेका बोलिटव्युरो सदस्य महेश बस्नेतले भ्रष्ट्राचारीलाई कारबाही गर्ने जेनिजको मागमा नेकपा एमाले तयार रहेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक तबरबाट निर्माण गरिएको सरकारमा रहेका मन्त्रीहरुको पनि छानविन आवश्यक रहेको नेता बस्नेतको भनाई छ ।
नेकपा एमालेले मुलुकको वर्तमान परिप्रेक्षको बारेमा आम नागरिकलाई जानकारी दिने उद्देश्यले सडकमा आएको उहाँले बताउनुभयो । वास्तविक जेनजिहरुलाई विदेशी शक्ति एवं लुसिफरहरुले प्रयोग गरिएको भन्दै अव जेनजि वास्तविक जेनजि नरहेको बताउँदै विदेशीले नामाकरण गरिदिएको जेनजि स्वीकार्य नहुँने भन्दै डिजिटल जेनेरेशन डिजि एवं नवयुवालाई एमालेमा हरेक पलमा स्वागत रहेको बताउनुभयो । देशको न्यायपालिका, सर्वोच्च, संसद, सिंहदरबार, प्रहरी कार्यालयलगायतका देशका संरचना चलाउने अर्गानिक जेनजि नरहेको भन्दै जेनजिलाई आवरण बनाएर विदेशी प्रतिगामीहरुले सार्वभौमसत्ता नेपाललाई ध्वस्त बनाउने प्रयास गरिएको भन्दै यो नेकपा एमालेलाई स्वीकार्य नहुँने नेता बस्नेतको भनाई छ ।
सामाजिक न्यायमा पछाडि परेका भ्रष्ट्रचारको विरुद्धमा काम गर्ने, देशमा संकट परेका बेला उभिने युथ भोलेन्टीयर फोर्स बनाईने भन्दै यो फोर्स केन्द्रदेखि जिल्ला तथा स्थानीय तहसम्म निर्माण गरिने बताउनुभयो । जनताको हित, राष्ट्रियता, विकास निर्माणको पक्षमा नेकपा एमाले सँधै अग्रस्थानमा रहेको बताउँदै जनताको बहुदलिय जनबाद जबजको पक्षमा पार्टी अडिग रहेको बस्नेतले बताउनुभयो । सभा गर्नुअघि वर्तमान सरकार असंवैधानिक रहेको भन्दै सरकारका विरुद्ध नाराबाजी गरिएको थियो भने भदौ २४ गते भएको आन्दोलनको अपराधीलाई कारबाही गर, मुलुकमा शान्ति सुरक्षा कायम गर लगायतका प्लेकार्ड सहित ¥याली गरिएको थियो ।
Facebook Comments Box
TOP