स्याङ्जाका ठूला आयोजनाको प्रगति सन्तोषजनक
प्रकाश डोटेल/स्याङ्जा :
राष्ट्रिय गौरबका आयोजना निर्माणमा ढिलासुस्ती भइरहेको बखत र देशभर संचालित अधिकांश ठूला योजना अलपत्र परेका छन् । अधिकांश आयोजना निर्माणमा निर्माण कम्पनीको लापरबाही देखिन्छ भने केहि आयोजनाहरुको सरकारले भुक्तानी दिन नसक्दा निर्माणको गति सुस्त भएको छ । ठूला पूर्वाधार निर्माणमा ढिलाई हुँदा नागरिकमा नैराश्यता बढ्दो छ ।
समय सिमाभित्र आयोजना निर्माण नहुँदा पूर्वानुमान लागत महंगो पर्न गएको छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयदेखि काम रोकिएका आयोजनाको सरकारले ठेक्का सम्झौता तोड्न खोजिरहेको छ । ठूला आयोजना निर्माणमा कम्पनी र सरकार दुबैतर्फबाट कमजोरी भईरहेको बेला स्याङ्जामा संचालित जिल्लाकै ठूला आयोजनाहरुको प्रगति भने सन्तोषजनक रहेको छ ।
स्याङ्जामा संचालित सडक तथा पुल निर्माणका एक दर्जन ठूला आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालयले दाबी गरेको छ । पाँच करोड भन्दा माथिका बहुवर्षिय आयोजना अन्र्तगत सडकअन्र्तगत ८ र पुलतर्फका चार गरी जिल्लाभित्रका १२ आयोजनाको प्रगति सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका बहुवर्षिय आयोजनामध्ये सडकतर्फको एक अर्ब ६१ करोड १९ लाख ५६ हजार ४७२ रुपैयाँ बजेटमा ८१ करोड ११ लाख ४० हजार ९०६ रुपैयाँ अर्थात झण्डै ५१ प्रतिशत खर्च भएको छ भने पुलअन्र्तगतको १९ करोड ९१ लाख ७९ हजार ४२३ रुपैयाँमध्ये करिब ३९ प्रतिशत अर्थात ७ करोड ७४ लाख तीन हजार ४२२ रुपैयाँ खर्च भएको छ । सडक र पुलको गरी एक अर्ब ८१ करोड ११ लाख ३५ हजार ८९५ रुपैयाँ कुल लागतको ८८ करोड ८५ लाख ४४ हजार ३२८ रुपैयाँ अर्थात ४९ प्रतिशत भन्दा बढि रकम खर्चलाई कार्यालयले सन्तोषजनक प्रगति भनेको हो ।
‘पाँच करोड भन्दा बढि लागतका विगत पाँच वर्षदेखिका १२ वटा आयोजनाहरु संचालनमा छन् ।’ पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर दयाराम अधिकारीले भने, ‘कुल बजेटको ४९ प्रतिशत खर्चलाई हामीले सन्तोषजनक मानेका छौं ।’ वित्तीय प्रगतिलाई आधार मान्दा ४९ प्रतिशत मात्रै खर्च भएपनि सबै आयोजनाहरुको भौतिक प्रगति भने अपेक्षाकृत नै रहेको उनले जनाए ।
सडक आयोजनामध्ये शुक्लागण्डकी–दुलेगौडा हुँदै हरिनाश गाउँपालिका केन्द्र जोड्ने सडकको ८६ प्रतिशत स्तरोन्नती भएको छ भने बिर्धा–गलहाम, बनकसी खहरे सडकको ८५ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यालयका अनुसार शालिग्राम करिडोरको ६० प्रतिशत, र्मिमि–बिर्धा, रानीघाट मोटरबाटोको ५२ प्रतिशत, रत्ने–सुन्तलाबारी सडक खण्डको ५१ प्रतिशत, अर्जुनचौपारी–रापाकोट सडकको ४० प्रतिशत र वालिङ–हुवास सडक निर्माण तथा स्तरोन्नती ३२ प्रतिशत सकिएको छ ।
सडकतर्फकै सबै भन्दा ठूलो ४२ करोड ४२ लाख ९४ हजार ६७९ लागतको गल्याङ्–चापाकोट सडकको २६ प्रतिशतले हुने १० करोड ३३ लाख १८ हजार १९० र पुलतर्फको ठूलो गौरीघाट मोटरेवल पुलको पाँच करेड ५१ लाख ७५ हजार ६६६ रुपैयाँमध्ये तीन करोड एक लाख ७६ हजार अर्थात ७६ प्रतिशत खर्च भएको छ । बिरुवा गाउँपालिका–६ चिन्नेबासमा आर्थिक वर्ष २०८०÷८१ बाट बन्दै गरेको पुल चालु वर्षको चैत्रमा निर्माण सम्पन्न हुने कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०÷८१ बाट निर्माण थालिएको बिरुवा गाउँपालिकाको राक्सेघाट पक्की पुलको ७८ प्रतिशत काम सकिएको छ । पुतलीबजार नगरपालिका–३ सिन्गालेस्थित मोटरेबल पुलको ४७ प्रतिशत प्रगति देखिन्छ भने फेदीखोलास्थित सेतीखोला पुलको ३७ प्रतिशत वित्तीय प्रगति भएपनि अधिकांश पुलको संरचनागत भौतिक प्रगति ७५ प्रतिशत भन्दा बढि रहेको छ ।
अधिकांश सडक र पुल निर्माणको ठेक्का लिएका कम्पनीले आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु¥याएको कार्यालयका इन्जिनियर पोषराज पौडेलले बताए । सडक चौडा बनाउने, टेवा पर्खाल लगाउने र बेश बिछ्याउने धेरै काम सकिएको छ भने पुलको आवश्यक संरचना तयार भईसकेको छ, अधिकांश सडक कालोपत्रे र पुल ढलानको मात्रै काम बाँकी रहेको पौडेलले जनाए ।
जिल्लामा संचालित ठूला आयोजनामध्ये धेरैको समयसिमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म छ । भौतिक प्रगति विवरणका आधारमा १२ ठूला आयोजनाहरु चालु वर्षमै सकिनेमा कार्यालय विस्वस्त छ । कार्यालयको सक्रियता र पहल, आयोजनाको प्राप्त प्रगति र निर्माण कम्पनीको तदारुकताले आयोजना समयमै सकिनेमा विश्वास लागेको कार्यालयले जानकारी दिएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
२ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


