रेडियो आँधीखोला १९औं वर्षमा प्रवेश
वालिङ :
आँधीखोला सञ्चार सहकारी संस्था वालिङ ८ द्धारा सञ्चालित स्याङ्जा जिल्लामै पहिलो ध्वनि तरंगको रुपमा गुञ्जिएको रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज आजबाट १९औँ वर्षमा प्रवेश गरेको छ । विंस.२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखी प्रसारण शुरु गरेको आँधीखोला एफएम १९औ वर्षमा प्रवेश गरेको हो । जिल्लाको मध्य भाग वालिङ ८ घ्याङ्लिङमा रहेको रेडियोले समाजलाई सूसुचित बनाउन अनवरत रुपमा लागिरहेको छ ।
संस्थाका अध्यक्ष शान्ता थापाले हरेक वर्गको आवाजलाई ध्वनि तरंग मार्फत संसारभर पु¥याउँदै आइरहेको यस रेडियोलाई आजको दिनसम्म ल्याईपु¥याउन सबै पक्षको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो । ‘अध्यक्ष थापाले भन्नुभयो’, रेडियोलाई १९औँ वर्षसम्म ल्याई पु¥याउन सरोकारवाला सबैको उत्तिकै महत्वपुर्ण भुमिका छ । रेडियोलाई समय अनुसार परिस्कृत र परिमार्जन गर्दै धेरै वर्षसम्म पु¥याउने हाम्रो लक्ष्य हो ।’
बढ्दो प्रविधिको युगमा रेडियोलाई समेत समय सापेक्ष अगाडी बढाउँदै आवाज विहिनहरुको आवाज बन्ने अध्यक्ष थापाको भनाई छ । रेडियोको माध्यमबाट समाजका हरेक गतिविधीको बारेमा जानकारी गराउने र समाज रुपान्तरणको बलियो स्तम्भ बन्ने अध्यक्ष थापाले बताउनुभयो । वार्शिकोत्सवको अवसरमा रेडियो प्रांगणमा पुजापाठ गरिनेछ भने दिप प्रज्वलन गरिँदैछ ।
२०६२÷०६३ को जनआन्दोलन पछि जिल्लामा पहिलोपटक सञ्चार माध्यमको आवश्यकता महशुस गरी यहाँका राजनितिक दल, बुद्धिजिवि, समाजसेवी मिलेर आँधीखोला रेडियोको स्थापना गरिएको हो । रेडियो अहिले ५०० वाटबाट दैनिक १८ घण्टा प्रसारणमा रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी दुई प्रदेशका १८ जिल्लामा सुन्न सकिने रेडियो विश्वभरी अनलाईनका माध्यमबाट समेत सुन्न सकिन्छ । रेडियोको अनलाईन www.radioaandhikhola.org बाट प्रत्यक्ष सुन्न सकिन्छ भने स्थानीय तथा प्रदेश र राष्ट्रिय समाचारहरु पढ्न समेत सकिन्छ । त्यस्तै हाम्रो पात्रो एपमा समेत रेडियो सुन्न सकिन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


