पुतलीबजारका किसानलाई कुखुराका चल्ला
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको पुतलीबजार नगरपालिकाले “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत कुखुराका चल्ला र दाना वितरण गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा वडा नं.–१, २ र ३ मा कुखुराको चल्ला तथा दाना वितरण गर्न थालेको हो ।
कृषि उत्पादनको प्रवद्र्धन, आय–आर्जनको अवसर सृजनासँगै विस्तार तथा स्थानीय किसानहरूको जीविकोपार्जनमा योगदान पु¥याउने उद्देश्यले चल्ला सहित दाना निशुल्क उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । वडा कार्यालयको सिफारिसमा नगरका १४ वटै वडाका कुखुरापालक किसानहरुलाई कुखुरा र दाना बितरण गरिने भएको छ ।
नगरका प्रत्येक वडालाई ७ सयका दरमा झण्डै १० हजार कुखुराका चल्ला र ७० किलोका दरमा एक हजार किलोग्राम दाना समेत उपलब्ध गराईने भएको छ । कार्यक्रम गर्न चालु आर्थिक वर्षका लागि ३६ लाख रुपैयाँ विनियोजन भएको नगरपालिकाका पशु शाखा प्रमुख अनिल चौधरीले जानकारी दिए ।
किसानलाई उपलब्ध गराउने चल्ला उन्नत जातकै कुखुराका चल्ला भएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट खरिद गरी ल्याइएको कुखुराका चल्ला तथा दाना निशुल्क रूपमा वितरण करिब एक महिनाको अवधिमा सकिने भएको छ ।
स्थानीय किसानलाई चल्ला, दाना सहितका सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले ब्यवसाय संचालनका लागि जागरुक किसानलाई व्यावसायिक बनाउँदै पुतलीबजारलाई मासुमा आत्मनिर्भर बनाउने नगरको योजना रहेको सुनाए ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


