फोटोग्राफर मञ्च स्याङजा र गण्डकी प्रदेशको संयुक्त बैठक सम्पन्न ।
स्याङजा :
फोटोग्राफर मञ्च स्याङजाको समन्वय तथा फोटोग्राफर संघ गण्डकी नेपालको आयोजनामा कार्तिक २८ र २९ गते सम्पन्न पुण बैठक, बधाई तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गण्डकी प्रदेशका ११ जिल्लामा व्यावसायिक रूपमा क्रियाशील फोटोग्राफरहरूको उत्साहजनक सहभागितासँगै कार्यक्रम विशेष रूपमा अर्थपूर्ण र प्रभावकारी बनेको छ। कार्यक्रमका दौरान फोटोग्राफी तथा भिडियो ग्राफी क्षेत्रमा देखिन थालेका आधुनिक चुनौती, अवसर र पेशागत दायित्वबारे विस्तृत रूपमा छलफल गरिएको थियो। बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा, पेशागत मानक र गुणस्तर कायम राख्ने विषयहरूमा सहभागीबीच गहन विचार–विमर्श गरिएकोले कार्यक्रम पेशागत विकासको दृष्टिले महत्वपूर्ण हुँदै आएको छ।
यससँगै स्याङजा फोटोग्राफर मञ्चको हिमाल न्यौपानेको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान तथा माया–चिनो वितरण गरिएको थियो। नयाँ नेतृत्वबाट स्थानीय तथा प्रदेशस्तरमा फोटोग्राफी पेशाको समृद्धि, एकता र व्यावसायिक क्षमता अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशभरि क्रियाशील फोटोग्राफरहरूलाई एउटै मञ्चमा ल्याइ विचार, अनुभव र चुनौती साझा गराउने यो कार्यक्रम आगामी दिनमा अझ सशक्त र प्रभावकारी बन्ने विश्वास राखिएको छ । कार्यक्रमको आतित्यथा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसी गर्नुभएको थियो । कार्यक्रम संचालन संघका महासचिव प्रेम प्रसाद पराजुुलीले गर्नुभएको थियो भने कार्यक्रम स्याङजाको फेदिखोला गाउपालीका १ अएरेपानी होमस्टेमा संचालन भएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


