गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न

पोखरा :

गरिमा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा पोखराको होटल पोखरा ग्राण्डमा बिहीवार सम्पन्न भएको छ ।

बैंकका निवर्तमान अध्यक्ष श्याम प्रसाद बस्याल स्वागत मन्तव्य राख्नु भएको छ ।  कार्यक्रममा अध्यक्ष दिलिप प्रताप खाणले बैंकमा लामो समयसम्म कर्मचारी सरुवा हुन नसकेको भन्दै कर्मचारी सरुवालाई द्रुत गतिमा अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो “बैंक कर्मचारी जाममा खिया लागेर जाम परेको छ । अब त्यसलाई तेल लगाएर भएपनी बिस्तारै खोल्छौ ।” कर्मचारी एकै ठाउँमा बस्न नहुने भन्दै कर्मचारीलाई चलायम गराउनुपर्नेमा जोड दिनुभयो । मितब्यीता, सुशासन र बैंकलाई क बर्गको बनाउने कुरामा जोड दिने अध्यक्ष खाणले बताउनुभयो ।

उक्त साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारणसभाले विकास बैंकको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

त्यसैगरी, साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी बृद्धि गरी रु.६ अर्ब १० करोड पु¥याउने, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

हाल विकास बैंकको चुक्ता पूँजी रु.५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।

कार्यक्रममा पुर्व संचालक डा.आनन्द श्रेष्ठ बैंकका सस्थापक अध्यक्ष जलेश्वर पाण्डे, संचालक आयुष्मा कोइराला, पुर्व मन्त्री मेखलाल श्रेष्ठले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कम्पनी सचीव अनिल रेग्मीको संचालन गर्नुभएको थियो ।

देशभर १२६ शाखा कार्यालयहरु र ५१ एटिए रहेको यस विकास बैंकले नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

Facebook Comments Box
TOP