स्याङ्जामा २३ करोडका ५ पक्की पुल
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जा जिल्लामा २३ करोड भन्दा बढिको लागतमा ५ पक्की (सडक) पुल निर्माण हुने भएका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाका विभिन्न सडकखण्ड अन्र्तगत २३ करोड ११ लाख ७४ हजार ३७४ रुपैयाँको लागतमा ५ पक्की पुल निर्माण हुने भएका हुन् ।
निर्माण हुने पुलमध्ये गौरिघाटमा ५ करोड ५१ लाख ७५ हजार ६६६ रुपैयाँको लागतमा पुल निर्माण हुनेछ । सेतीखोलामा चार करोड ९४ लाख ६३ हजार ८९१ रुपैयाँ लागतमा पुल निर्माण हुँदैछ भने राक्सेघाटमा चार करोड ९२ लाख ७१ हजार २१ रुपैयाँको लागतमा पुल बन्दै छ । सिहालेमा चार कराड ५२ लाख ६८ हजार ८४६ रुपैयाँमा पुल बनिरहेको छ भने फेदीखोलामा तीन करोड १९ लाख ९४ हजार ९५० रुपैयाँ गरी कुल २३ करोड ११ लाख ७४ हजार ३७४ रकमको लागतमा ५ पक्की पुल निर्माण हुने भएका हुन् ।
आर्थिक वर्ष २०८०÷०८१ को भदौमा सम्झौतापछि निर्माण थालिएको वालिङ्–बिरुवा सडकखण्डको गैरिघाट मोटरेबल पुल ५ करोड ५१ लाख ७५ हजार ६६६ रुपैयाँको लागतमा निर्माण हुनेछ । धनथान निर्माण कम्पनीले जिम्मा पाएको निर्माणाधिन पुलको हालसम्म झण्डै ७६ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ ।
फेदीखोला गाउँपालिकास्थित सेतीखोलामा बन्ने पुलको ३७ प्रतिशत काम सकिएको छ । आर्थिक वर्ष २०८०÷०१ को मंसिरमै सम्झौता भएर यसै वर्षको असारमा सकिने छ । सुयान बिल्डर्स निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको पुल चार करोड ९४ लाख ६३ हजार ८९१ लागतमा निर्माण हुँदै गरेको पूर्वाधार कार्यालयका सडक इन्जिनियर पोषराज पौडेलले जानकारी दिए ।
चालु आर्थिक वर्षकै असारमा सकिने गरी निर्माण भइरहेको ७८ प्रतिशत काम सकिएको बिरुवा–भीरकोट नगरपालिका जोड्ने सडकखण्डाको राक्सेघाटमा निर्माणाधिन पुल चार करोड ९२ लाख ७१ हजार २१ रुपैयाँको लागतमा पुल बन्ने छ । सुदन बिल्र्डस कम्पनी वालिङले निर्माण गरेको सिहाले–पुतलीखेत जोड्ने सडकखण्ड सिहालेको पुल चार करोड ५२ लाख ६८ हजार ८४६ रुपैयाँमा निर्माण हुनेछ भने पुलको हालसम्म झण्डै ४७ प्रतिशत काम सकिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यमा सम्झौता भएर काम शुरु भएको फेदीखोला–पैरे खत्रीरह बाख्रे–तिलस्वाँरा ग्रामिण सडकखण्डमा पुल बन्ने लागेको छ । राङ्खोला सिद्धबाबा निर्माण कम्पनीले तीन करोड १९ लाख ९४ हजार ९५० रुपैयाँको लागतमा पुल निर्माणको जिम्मा लिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण हुने पुलको झण्डै ९ प्रतिशत वित्तीय प्रगति देखिएपनि भौतिक प्रगति भने शुन्यप्रायः रहेको पूर्वाधारकी सव–इन्जिनियर सृजना शर्माले बताईन् ।
तोकिएको समय सिमाभित्र पुल निर्माण गर्न निर्माण कम्पनीलाई कार्यालयले ताकेता गर्दै आएको छ । २३ करोड भन्दा बढिको लागतमा ५ पक्की पुल बनेपछि स्याङ्जामा क्रमागत र नयाँ सबै पुल बनेर सकिनेछ । कार्यालयले चालु आर्थिक वर्षमै गल्याङ् नगरपालिकाको पिडीखोलामा निर्माण हुने पुलको झण्डै एक करोडको लागतमा डिपिआर तयार गरेपछि प्रदेश सरकारको लगानीमा आउँदो आर्थिक वर्षमा मात्रै स्याङ्जामा नयाँ पुल बन्ने र थपिने छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


