फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो तिहारमा फूल, माला तथा केही समय अगाडि बिरुवा बेचेर सात लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।
तिहारमा भण्डारीले माला बेचेर दुई लाख ५६ हजार १६०, फूल बिक्रीबाट चार लाख सात हजार ५० आम्दानी गर्नुभएको हो । यसअघि नै फूलका बिरुवा बेचेर ५३ हजार आम्दानी गरेको कृषक भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पटक फूलको माग अत्यधिक भयो मूल्य पनि राम्रा पाइयो ।”
गाउँमा नै बेचेको फूलको हिसाब नगरिएको उहाँको भनाइ छ । फूलको उत्पादन अझै केही महिना हुने भन्दै भण्डारीले यो पटक राम्रो आम्दानी हुने बताउनुभयो । भण्डारीले शिक्षण पेसाबाट अवकाशपछि व्यावसायिक फूल खेती गर्दै आउनुभएको हो ।
भएका ६० वर्षीय भण्डारीले विगत चार वर्षदेखि नै फूल खेती गर्न सुरु गर्नुभएको हो । शिक्षकका रूपमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गर्नुभएका भण्डारीले गाउँमा रहेको आफ्नो तीन रोपनी जग्गामा फूल खेती गर्नुभएको छ । बाँझो जमिनको सदुपयोग गर्दै खेतीका लागि थप क्षेत्रफल बढाउने योजना रहेको उहाँको भनाइ छ ।
भण्डारीले अर्गानिक घर तथा कृषि फर्म दर्ता गरी चार वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आउनुभएको छ । यो वर्ष फूल तथा माला बिक्रीबाट १० लाखभन्दा धेरै कमाइ हुने उहाँको भनाइ छ ।
धेरै लैजाने र व्यापारीका लागि प्रतिकिलो ३०० देखि ३५० रुपियाँको दरले फूल बिक्री भएको कृषक भण्डारीले बताउनुभयो । माला भने एक सयदेखि एक सय ५० सम्मा बिक्री भएको उहाँको भनाइ छ ।
फूलको बिउ खरिदमा १० हजार जति खर्च भएको भए पनि अन्य काम परिवारका सदस्यहरू मिलेर गर्दै आएको उहाँका छोरा देवीप्रसाद भण्डारीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


