साहित्यकार अर्याल र पल्लव सम्मानित
वालिङ:
साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा दुई जना साहित्यकारहरुलाई सम्मान गरिएको हो ।
२०७५ साज जेठबाट सुरु गरिएको नियमित मासिक रचना वाचनको ९० औँ श्रृङ्खला अन्तर्गत शनिबार उहाँहरुलाई सम्मान गरिएको भेषजराज साहित्य प्रतिष्ठनका सचिव श्यामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
स्वर्गीय भेषजराज शर्माको ९३ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रमा प्राज्ञ तेजप्रसाद काफ्लेले साहित्य मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीले भेषजराज शर्माको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली साहित्य र भेषजराज शर्मासँगका सन्दर्भहरू प्रस्तुत गर्दै लोकसाहित्यका बारेमा प्रकाश पर्नुभएको थियो।
सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई,पूर्व प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल, एनआरएन अमेरिकाका सदस्य उपन्यासकार एकनारायण सुवेदी, गल्याङ प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष सूर्यप्रसाद डुम्रे, वालिङ नगरपालिका–१२ वडा अध्यक्ष विश्वजङ्ग गुरुङ,दीपक लम्साल,कमल बगाले लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा साहित्यकारहरु ढालबहादुर केसी, कविहरू पारीश्वर न्यौपाने, शम्भु अर्याल, लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी, इन्जिनियर पारस रेग्मी, बोधराज न्यौपाने, डोलराज सुवेदी, कमल बगाले, सम्मानित तथा पुरस्कृत स्रष्टाहरू अनन्त अर्याल, अग्निकुमार रेग्मी पल्लव, कवयित्रीहरू दमकुमारी बगाले, मिठु अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे, सुभद्रा रेग्मी लगायतले स्रष्टा भेषजराज शर्माका बारेमा तथा आफ्ना मौलिक कविताहरू वचन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


