कवि अर्यालको पहिलो साहित्यिक कृति ‘अङकुर’को विमोचन

स्याङ्जा :

कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृति ‘अङकुर’को विमोचन तथा विमर्श गरिएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भ तथा स्वर्गीय त्रिभुवन अर्यालको ११ औँ वार्षिक पुण्यतिथिमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजनमा वालिङ– १, त्रियासीमा विमोचन तथा विमर्श गरिएको हो ।

कविताको सङ्ग्रहको विमोचन वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासी लगायतले गर्नु भएको हो । विमोचनसँगै वनवासीलाई मायाको दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

कविता कृतिको विमोचन पश्चात कवि राधिका अर्याल राधाको कविता लेखन माथि विष्णु सुवेदी गैह्रे र दीपक लम्सालले समीक्षा गर्नु भएको थियो । कवि राधाले प्रकाशित र मिलन समीरद्वारा भाषिक सम्पादन गरिएको यस कृतिमा विभिन्न समसामयिक विषय, प्रसङ्ग र सन्दर्भ सँग सम्बन्धित ५६ वटा कविताहरु समावेश गरिएको छ ।

कार्यक्रममा स्रष्टाहरु प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, गुरुप्रसाद ढकाल, वसन्त खनाल, शम्भु अर्याल, पूजा रेग्मी, लेखनाथ काफ्ले, शोभाकान्त रेग्मी, ढालबहादुर केसी, खगेन्द्रजंग थापा, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, सागर काफ्ले, सरस्वती अर्याल काफ्ले, डालकुमारी रेग्मी, दमकुमारी बगाले लगायतले रचनाहरु प्रस्तुत गर्नु भएको थियो ।

काठमाडौंमा जन्मिएर स्याङ्जामा हुर्किबढ्नु भएकी कवि राधाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा शास्त्री र टोरोन्टो मेट्रोपोलीटियन युनिभर्सिटीबाट नर्सिङ विषयमा स्नातकोत्तर गर्नु भएको छ । राधाले शिक्षण अस्पतालमा २१ वर्ष सेवा पुरा गरेर हाल ओन्टारियो, क्यानडामा नर्सिङ व्यवस्थापकको रूपमा क्रियाशील रहनु भएको छ ।

सानै उमेरदेखि नै साहित्य, व्यवहारिक शिक्षा र समाजसेवामा रुचि राख्ने अर्यालका थुप्रै सूचनामुलक लेख रचनाहरु स्वदेश तथा विदेशबाट प्रकाशित हुँदै आएका पत्र– पत्रिकामा समावेश भएका छन् ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP