नेपाल टी–२० विश्वकपमा छनोट
काठमाडौँ, असोज २९ गते। नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा स्थान बनाएको हो।
नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी–२० विश्वकप खेल्नेछ।

नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा छनोट भएको छ। नेपाल र ओमानले दुई खेल अगावै विश्वकपमा स्थान बनाएका हुन्। जितका लागि यूएईले दिएको दुई सय २६ रनको लक्ष्य पछ्याएको सामोआ पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनमा समेटिएको हो। अब युएई र जापानमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ।
सुपर सिक्समा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ भने अन्तिम खेलमा शुक्रबार सामोआसँग प्रतिस्पर्धा गर्नेछ।
सुपर सिक्सको अंक तालिकामा ओमान र नेपाल समान ६–६ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन्। यूएईले भने चार अङ्क जोडेको छ। अन्तिम खेलमा यूएईले जापानसँग प्रतिस्पर्धा गर्नेछ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


