फाेटाेग्राफर मञ्च स्याङजाकाे अध्यक्षमा हिमाल न्यौपाने निर्वाचित ।
गल्याङ:
स्याङजा स्याङजाकाे विभिन्न स्थानमा छरिएर रहेका फोटोपेशामा संलग्न व्यवसायीहरूलाई एउटै संरचनामा आबद्ध गराउने उद्देश्यले गठन गरिएको संस्था ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ।
अधिवेशनले हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको नयाँ अध्यक्षमा चयन गरेको छ। नवगठित १५ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाबुराम रेग्मी, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा प्रदीप पाठक, र कोषाध्यक्षमा बिकास खाँण चयन भएका छन्।
अधिवेशनमा जिल्लाभरिका फोटो व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाका सम्पूर्ण फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहितको पक्षमा संस्था अग्रसर रहने प्रतिबद्धता जनाए।
स्थानीय स्तरमा व्यावसायिक एकता र सशक्तिकरणका लागि यो अधिवेशन महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। कार्यक्रम बिमल खनाल सभापतित्व र फोटोग्राफर मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सिराम रेग्मीको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराइ,फाेटाेग्राफर मञ्च,गण्डकी प्रदेशका महासचिव प्रेम पराजुली, गल्याङ चेम्वर अफ कमर्शका अध्यक्ष अर्जुन रानाभाट,, ढाकाराम खनाल,बाबुराम रेग्मी,प्रदिप पाठक लगायतले बोलेका थिए ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


