ऐतिहासिक गह्रौँसुर मन्दिरमा दशैँमा मात्रै १९ लाख आम्दानी
स्याङ्जा : वालिङ नगरपालिकाले यस वर्ष वडा दशैंका अवसरमा गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल गह्रौकालिका मन्दिरमा सन्चालन गरेको नवरात्र पुजाबाट ८ लाख ७३ हजार ५ सय ४५ रुपैयाँ बचत भएको छ।
नगरपालिकाले मन्दिर व्यवस्थापन समितिको रिक्तताका कारण स्वयं मन्दिरको पुजा तथा व्यवस्थापनको जिम्मेवारी लिएको थियो। कार्यपालिका सदस्य युगमाया पंगेनीको संयोजकत्वमा गठित पुजा व्यवस्थापन समितिले भदौ २२ गतेदेखि असोज २५ गतेसम्म नवरात्र पुजा सम्पन्न गरेको थियो।
वालिङ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख कविता तिवारीले मन्दिरको आम्दानी–खर्चको विवरण सार्वजनिक गर्दै कुल आम्दानी १९ लाख १९ हजार ९१ रुपैयाँ र कुल खर्च १० लाख ४५ हजार ५ सय ४६ रुपैयाँ रहेको जानकारी दिइन्।
उनका अनुसार नवरात्र पुजासँग सम्बन्धित सम्पूर्ण खर्च कट्टा गर्दा मन्दिरमा ८ लाख ७३ हजार ५ सय ४५ रुपैयाँ बचत भएको छ।
मन्दिरमा वली चढाइएका पाठाका टाउको विक्रिबाट ४ लाख ३४ हजार ६ सय, परेवा विक्रिबाट १ लाख ४५ हजार ६ सय, पाठा तथा पाडा सफाइबाट २ लाख २४ हजार ७ सय ५०, स्टल तथा पसल ठेक्काबाट ३ लाख ५ हजार १ सय ५, दान पेटिकाबाट १ लाख २८ हजार ३ सय ९५, मन्दिरको भेटीबाट ६ लाख २ हजार ७ सय १० र विभिन्न रसिदबाट ७७ हजार ९ सय ३१ रुपैयाँ आम्दानी भएको उनले बताइन्।
मुख्य खर्चहरूमा श्रमिक ज्यालामा २ लाख १३ हजार ६५०, कर्मचारी तलब तथा भत्तामा १ लाख ४५ हजार, पाठा तथा पाडा सफाइ ज्यालामा १ लाख ४६ हजार ८०, पंडित तथा पुजारी दक्षिणामा ८० हजार ८१०, पूजाभोग सामग्री खरिदमा ८३ हजार १ सय ५०, सीसीटीभी क्यामेरामा ७३ हजार ६००, विद्युतीय सामानमा ७६ हजार ४२, रंगरोगन तथा मर्मतमा ४० हजार ९६१, इन्धन खरिदमा ३६ हजार २४१, खानपानमा २७ हजार ९२५, बिजुली र खानेपानी बिलमा २१ हजार ९८६, मूर्तिहरूको कपडामा १७ हजार ५ सय र दशैं शुभकामना प्रसारणमा १ हजार ५ सय खर्च भएको विवरण प्रस्तुत गरिएको थियो।
उपप्रमुख तिवारीले गह्रौकालिका मन्दिर व्यवस्थापन समितिलाई शीघ्र पूर्णता दिन निर्वाचन समितिलाई एक महिनाभित्र टुङ्गोमा लगाउन पत्राचार गरिने जानकारी दिँदै, मन्दिरमा सबैको अपनत्व कायम राख्दै यसको धार्मिक महत्त्व र पर्यटन प्रवर्द्धनमा वालिङ नगरपालिका निरन्तर सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाइन्।
उनले विगतमा चैते दशै पुजा पनि नगरपालिकाको नेतृत्वमै सम्पन्न भएको उल्लेख गर्दै सहयोग गर्ने स्थानीय भद्रभलाद्मी, पूर्व समिति सदस्य, सुरक्षा निकाय र कर्मचारी सबैप्रति धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रममा सरोकारवाला, पत्रकार र पूर्व सन्चालक समितिका पदाधिकारीहरूको उपस्थितिमा आम्दानी–खर्च विवरण सार्वजनिक गरिएको थियो।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


