मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत लम्सालको मृत्यु
स्याङ्जा :
स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।
लम्साल आफैले चलाउनु भएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतलीखेत–सतौं भित्री पक्की सडक अन्तर्गतको पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनामा परेको हो ।
मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सतौंबाट पुतलीबजारको लामागेतर्फ जाँदै गर्दा दुर्घटनामा पर्नु भएका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख रहनु भएका लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा पर्दछ ।
लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइ, स्याङ्जामा लामो समय कार्यालय प्रमुखको रुपमा कार्यरत रहनु भएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


