विद्यालय पोशाकमा टिकटक नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय समय र पोशाकमा टिकटक नबनाउन शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ । १७ भदौको निर्णयमा हेलो सरकारमा आएको गुनाकोको आधारमा सो निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।
‘प्रस्तुत विषयमा राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखाको च नं अ १६ र २२७ मिति २०८२/०५/०४ को पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियोलगायत बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोष्ट गर्ने कार्य गरेको भनि गुनासो प्राप्त भएकोले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि निर्देशानुसार अनुरोध छ,’ निर्देशनमा भनिएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


