अवैधरुपमा नदीजन्य पदार्थ उठाउँदै गरेका आठ ट्याक्टर नियन्त्रणमा
वालिङ : वर्षाको समयमा खोलामा पसेर अवैध रुपमा नदीजन्य पदार्थ उठाउँदै गरेका आठ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध क्रियाकलापलाई रोक्ने अभियान नै चलाएको स्याङ्जा प्रहरीले पछिल्लो एक हप्तामा नै आठ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।
प्रत्येक वर्षको साउन १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् गरेर ओसापसार गर्न पाइदैन । स्थानीय सरकारले जम्मा गरी राखेका र प्रमाणित गरेका ढुङ्गा, गिट्टी, बालुवा मात्रै ओसारपसार गर्न पाइने प्रहरीको भनाइ छ । प्रमाणित नगरेका सामग्री ओसारपसार गर्ने र खोलामा पसेर सामग्री निकाल्नेहरुलाई कारवाही गरिँदै आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पशन्न राज चौधरीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका ट्याक्टरहरुलाई कारवाहीका लागि सम्बन्धित पालिकामा पठाइएको उहाँको भनाइ छ ।
आँधीखोला तथा अन्य विभिन्न खोलाबाट नदीजन्य सामग्री निकाल्ने कार्यमा रोक लगाउन प्रहरीले सक्रियता देखाएको हो ।
पुतलीबजार नगरपालिका–१ स्थित पुल नजिक आँधीखोला किनारामा ढुङ्गा लोड गरिरहेको अवस्थामा शुक्रबार ग १ त ६६७५ र ग १ त ४०२३ नम्बर को ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । यस्तै, भिरकोट नगरपालिका–७ बलमाटा स्थित ग १ त ६५३३ नम्बर को ट्याक्टरले बालुवा ओसार पसार गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
प्रहरीले यसैसाता भीरकोटबाट दुई, वालिङबाट दुई र पुतलीबजारबाट एउटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


