सिद्धार्थ राजमार्ग स्याङ्जा वालिङ सडक खण्ड सुचारु ।
स्याङ्जा :
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका-१ स्थित बयरघारीमा आज बिहान गएको पहिरोका कारण दुई घण्टा सडक अबरुद्ध भएको छ। बिहान ठीक ८ बजे अचानक खसेको पहिरोले दुवै तर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।
घटनापछि भीरकोट नगरपालिका र सडक डिभिजन कार्यालयको पहलमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो। स्थानीय स्तरमा संयोजन गरी आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको थियो। करिब दुई घण्टाको प्रयासपछि, बिहान १० बजे सडक पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
सडक खुलेसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ गएका छन्। हाल सडक एकतर्फी रूपमा खुलाइएको छ भने थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाइएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिएका छन्।
स्थानीय बासिन्दाहरूले वर्षातको समयमा बारम्बार यस्ता पहिरो खस्ने गरेको र दीर्घकालीन समाधानका लागि स्थायी व्यवस्था आवश्यक रहेको बताएका छन्। पहिरोबाट ३ वटा घरमा आंशिक क्षती हुन पुगेको छ ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


