पोतपवित्रा- प्रवीण स्मृति पुरस्कारको स्थापना
स्याङ्जा :
नेपाली साहित्यको क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पुर्याउनुभएका राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज स्रष्टालाई वि. सं. २०८३ सालदेखि आजकै तिथिमा एक विशेष साहित्यिक समारोहको आयोजना गरेर हरेक वर्ष पुरस्कृत / सम्मानित गर्ने पवित्र उद्देश्यले स्याङ्जा, करादीखोलाका ज्ञानप्रसाद- कमला उपाध्यायका घरपरिवारको तर्फबाट ” पोतपवित्रा- प्रवीण स्मृति पुरस्कार कोष ” को स्थापना गरिएको छ । स्व. पोतप्रसाद उपाध्याय, स्व. पवित्रादेवी उपाध्याय र स्व. प्रवीण ज्ञवालीको स्मृतिमा स्थापना गरिएको उक्त साहित्य पुरस्कारको नगद राशि पहिलो वर्ष एघार हजार एक सय एघार, दोस्रो वर्ष बाह्र हजार दुई सय बाह्र र तेस्रो वर्ष तेह्र हजार तीन सय तेह्र हुँदै सोहीअनुसार पुरस्कार राशिमा वृद्धि गर्दै लगिने कुराको जानकारी परिवारद्वारा गराइएको छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


