स्याङ्जा प्रहरीले धमाधम ट्याक्टर समात्दै

वालिङ :
साउन १ गतेदेखी भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् र ओसापसार गर्न पाइदैन । स्थानीय सरकारले प्रमाणित गरेका ढुङ्गा, गिट्टी, बालुवा बाहेक प्रमाणित नगरेको नदीजन्य पदार्थ ओसारपसार गरेमा कारवाहीमा परिने छ । प्रमाणित नगरिएको ढुङ्गा, गिट्टीबालुवा ओसारपसारमा संलग्न रहेका ५ ओटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि सम्वन्धित् पालिकामा पठाइदिएको छ ।
प्रहरीले यसैसाता भीरकोटबाट २, वालिङबाट २ र पुतलीबजारबाट एक ओटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । प्रहरीले अबैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरहरु धमाधम नियन्त्रणमा लिदै कारवाहिका लागि पालिकाहरुमा पठाइदिएको जनाएको छ । प्रहरी चौकी दहथुमको टोलीले भीरकोट नगरपालिका १ हेलुबाट ग १ त ४६५२ र ग १ त ७४०९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ । स्टक प्रमाणित नगरेको अबैध बालुवा ओसारपसार गरिरहेका बेला प्रहरीले ति ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहिका लागि भीरकोट नगरपालिकालाई बुझाएको जनाएको छ ।

यसैगरी पुतलीबजार ३ बाँडखोलाबाट ग १ त ४७९३ नम्बरको ट्याक्टरमा बालुवा ओसापसार गरेको फेला पारेपछि नियन्त्रणमा पुतलीबजार नगरपालिकालाई आवश्यक कारवाहीका लागि बुझाएको छ । वालिङ नगरपालिका ९ नाकेडाँडामा बालुवा लोड गरिरहेका बेला ग १ त ५७६९ र वालिङ ६ मिर्दीको आँधीखोलामा ढुङ्गा लोड गरिरहेका बेला ग १ त ३४०७ नम्बरको ट्याक्टर सहित चलाकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि वालिङ नगरपालिकालाई बुझाएको जनाएको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको बिशेष टोलीले ट्याक्टर नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरीले सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । बुटवलबाट पोखरा जादै गरेको लु १ ख ८४५२ नम्बरको यात्रुबहाक बसमा सवार रहेका दुई जनालाई शंका लागेर चेकजाँच गर्नेक्रममा उनीहरुको साथमा लागुऔषध भेटिएपछि नियन्त्रणमा लिइएको थियो । प्रहरीले पक्राउ गरेका कास्की जिल्ला पोखरा महानगरपालिका ३२ लेखनाथ बस्ने २४ बर्षिय अजय परियार र सोही ठाउँमा बस्ने ३० बर्षिय अमृत थापा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले डाईजेपाम ३४, नुफिन ३४, फेरागन ३४ एम्पुल गरी १०२ एम्पुल फेला पारेको थियो ।

लागुऔषधमा अदालतले कसुरदार ठहरिएका स्याङ्जा फेदिखोला ५ का ३० बर्षिय सन्दिप पौडेललाई समेत पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीले ७ बर्ष अगाडी १ बर्ष ८ महिना १२ दिन कैद सजाय र १ लाख जरिवाना तोकिई फरार रहेका पौडेललाई पोखरा महानगरपालिका १७ छोरेपाटनबाट पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा आवश्यक कारवाहीका लागि बुझाएको जनाएको छ ।

यसैसाता प्रहरीले अबैधरुपमा ओसापसार गरेको समानहरु समेत बरामद गरेको जनाएको छ । वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले चेकजाँचका क्रममा ग १ ज ८५५९ नम्बरको इभी भ्यानमा बिल नभएको सामाग्री फेला पारेको थियो । विल नभएको ६० जोर जुत्ता र ७५ थान कुर्थासरवाल नियन्त्रणमा लिएर आवश्यक कारवाही पक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । स्याङ्जा प्रहरीको सक्रियता पछिल्लो समय बढ्न थालेको छ । दैनिकजसो फरार अभियुक्त समात्नेदेखी राजमार्गमा अबैध सामाग्री ओसारपसारमा संलग्नको खोजीमा प्रहरीले सक्रियता बढाउन थालेको छ ।

 

Facebook Comments Box
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि

वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…

TOP