गरिमा विकास बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
काठमाडौं :
गरिमा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’मार्फत नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। यसका लागि बैंकले फोनपे नेटवर्कसँग सहकार्य गरेको छ।
बैंकका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा गएर फारम भर्ने क्रममा आफ्नो मोबाइल बैंकिङ एपमा भर्चुअल क्रेडिट कार्ड सेवा सक्रिय गर्न सक्नेछन्। यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्यूआर कोडबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
हाल गरिमा विकास बैंकसँग देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम सेवा उपलब्ध छन्। बैंकले नविनतम डिजिटल बैंकिङ सेवासहित सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


