गल्याङ जेसीजलाई “प्रभावशाली सामुदायिक विकास परियोजना अवार्ड”
गल्याङ :
युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय गल्याङ जेसीज राष्ट्रिय स्तरको अवार्डबाट सम्मानित भएको छ । भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनमा, गल्याङ जेसीजले २०२५ मा सम्पन्न गरेका विभिन्न सामाजिक, नेतृत्व विकास र सामुदायिक कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै सबैभन्दा प्रभावशाली सामुदायिक विकास परियोजना अवार्ड प्रदान गरिएको हो ।
यस अवार्डले सामुदायिक विकासमा सकारात्मक र स्थायी प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्ने संस्थालाई सम्मान गर्ने उद्देश्य राख्दछ । गल्याङ जेसीजले समाजमा नेतृत्व तथा व्यक्तित्व विकास तालिम, सामाजिक सचेतनामूलक अभियान, सांस्कृतिक गतिविधि र डिजिटल प्लेटफर्ममार्फत गल्याङलाई राष्ट्रिय स्तरमा चिनाउने उल्लेखनीय कार्य गरेकोले यो अवार्ड प्राप्त गरेको हो ।
नेपाल जेसीजको आयोजना र व्यासनगर जेसीजको आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा नेपाल जेसीजकी कार्यकारीणी उपाध्यक्ष एवं सम्मेलन सभापति जेसी एलिना महर्जन र निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अभिषेक दुलालले गल्याङ जेसीजका शाखा अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकलाई अवार्ड प्रदान गरेका थिए ।
सोही सम्मेलन अन्तर्गत नेपाल जेसीज एरिया ‘बी’ का ४२ वटा शाखामध्ये भएको वक्तृत्वकला प्रतियोगितामा गल्याङ जेसीजका उपाध्यक्ष जेसी माधव कडेलले तृतीय स्थान हासिल गरी गल्याङलाई अझ गौरवान्वित बनाएका छन् ।
गल्याङ जेसीजले विगत एक वर्षमा विभिन्न गतिविधि र कार्यक्रममार्फत नगरलाई विकास, सामाजिक उत्तरदायित्व र युवाहरुको क्षमतावृद्धिमा अग्रसर संस्था भएको प्रमाणित गरेको छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


