आँधीखोला करिडोर : कालोपत्रेपछि फेरिएको स्वरुप
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दुबै तर्फ करिडोरले बनाइरहेको छ । झण्डै पाँच बर्ष अगाडिबाट सुरु भएको करिडोर निर्माणलाई पछिल्लो समय तीव्रता दिइएको हो । करिडोरअन्तर्गत कतै कालेपत्रे समेत भइसकेको छ भने कतै ट्रयाक खन्ने काम भइरहेको छ ।
नगरपालिकाले आफ्नो गौरवको योजनाको रुपमा अघि सारेको आँधीखोला करिडोरको केही भाग कालेपत्रे भए पछि स्वरुप नै फेरिएको छ । कालोपत्रे भइसके पछि सडकलाई राम्रो र व्यवस्थित गराउन सडक छेउमा फूल तथा अन्य बिरुवा रोप्ने काम सुरु गरिएको स्थानीय व्यवसायी सुरेस श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो,“थोरै भागमा गरिएको कालोपत्रेले भविष्यमा करिडोर कस्तो हुन्छ भन्ने छनक देखाएको छ, सडकलाई हामी सके जति राम्रो बनाउन लागेका छौं ।”
कालोपत्रे गरिए पश्चात बिहान र साँझ घुमफिर गर्नेको भिड नै लाग्ने गरेको छ । कतिपय भने टिकटक र फोटो खिच्नका लागि आँधीखोला करिडोरमा पुग्ने गरेको स्थानीय अशोक तिवारीको भनाइ छ । सडकले वालिङको स्वरुप नै फरिदिएको उहाँले बताउनुभयो ।
नगरपालिकाभित्र झण्डै आठ किलोमिटर लम्बाई रहेको आँधीखोलाको दाँयाबाँया दुवैतर्फबाट करिडोर डोरेटो तयार भइरहेको छ । अधिकांश भागमा सडकको डोरटो तयार भएको नगरप्रमुख कृष्ण खांणले बताउनुभयो । दुबै डोरेटो निर्माणसँगै नाली तथा कालोपत्रे गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
करिडोरको झण्डै १६ किलोमिटर सडक निर्माण गर्ने पालिकाको योजना छ । पहिलो चरणमा तीन सय ५० मिटर कालोपत्रे सम्पन्न गरिएको नगरउपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पालिकाले गौरवको योजनाको रुपमा यसलाई अगाडि सारेको छ, हाम्रो कार्यकालमा नै यसको निर्माण सम्पन्न गर्ने योजना छ ।”

सङ्घीय सरकार र पालिकाको समान लागत साझेदारीको आधारमा पहिलो चरणमा सडक कालोपत्रे गरिएको ईन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई करोड ९० लाखबाट कालोपत्रेको काम गरिएको हो ।
सिद्धार्थ राजमार्ग तथा अन्य भित्री सडकको विकल्पका रूपमा ‘आँधीखोला करिडोर’ लाई हेरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । थोरै ठाउँमा गरिएको सडक कालोपत्रेले वालिङको स्वरुप फेरिएको उहाँको भनाइ छ । gorkhapatra online
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


