स्याङ्जामा सुरक्षा भत्तामा दुई अर्ब खर्च
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जामा आर्थिक वर्ष २०८१÷०८२ मा सामाजिक सुरक्षा भत्ता वापत झण्डै २ अर्ब खर्च भएको छ । जिल्लाका ११ पालिकाबाट भत्ता वापत १ अर्ब ८८ करोड ११ लाख ७७ हजार रुपैयाँ खर्च भएको हो । सामाजिक सुरक्षा शिर्षकमा सरकारले रकम उपलब्ध गराउँदै आएको छ ।
५ नगरपालिका र ६ गाउँपालिका मध्ये नगरपालिकाहरु तर्फ सामाजिक सुरक्षा भत्तामा १ अर्ब १५ करोड २२ लाख ५६ हजार खर्च भएको छ । ६ गाउँपालिकामा ७२ करोड ८९ लाख २१ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख थमनारायण अर्यालले बताए ।
यस अवधिमा नगरपालिका तर्फ सबैभन्दा बढि पुतलीबजारमा २९ करोड १८ लाख ४२ हजार खर्च भएको छ भने सबैभन्दा कम फेदीखोला गाउँपालिकामा खर्च भएको छ । फेदीखोलामा आव २०८१÷०८२ मा ९ करोड ९५ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
नगरपालिका तर्फ वालिङमा २८ करोड ७० लाख ४ हजार, गल्याङ्मा २३ करोड ६७ लाख ९६ हजार, भीरकोटमा १७ करोड ४३ लाख १५ हजार, चापाकोटमा १६ करोड २२ लाख ९७ हजार सामाजिक सुरक्षा भत्ता खर्च भएको हो ।
यस्तै, गाउँपालिका तर्फ सबैभन्दा धेरै बिरुवामा १४ करोड ५२ लाख ६८ हजार, कालीगण्डकीमा १३ करोड ७ लाख ४७ हजार, आँधीखोलामा १२ करोड ७३ लाख ५२ हजार, हरिनासमा ११ करोड ८० लाख १४ हजार, अर्जुनचौपारीमा १० करोड ७९ लाख ८० हजार र फेदीखोलामा ९ करोड ९५ लाख ५८ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
सरकारले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला, विधवा, असहाय एकल महिला, पूर्ण अपाङ्गता भएका, अति अशक्त, लोपोन्मुख जातिलगायतलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


