स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
स्याङ्जा :
स्याङ्जाका शहरी र ग्रामीण क्षेत्रका धेरै कच्ची सडक पछिल्लो एक वर्षमा कालोपत्रे भएका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा पूर्वाधार विकास कार्यालयले ३० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको छ । ५० किमि कालोपत्रे गर्ने लक्ष्य राखेको कार्यालयले ३० किमि सडक मात्रै कालोपत्रे गर्न सफल भएको हो ।
धेरै सडकहरु बहुवर्षिय योजनामा समाबेश भएको हुँदा लक्ष्य अनुसार सडक कालोपत्रे गर्न नसकिएको कार्यालयले जनाएको छ । कतिपय सडक बहुवर्षिय योजनामा थिए भने कतिपय योजनालाई आर्थिक श्रोत व्यवस्थापन गर्न नसक्दा लक्ष्य पुरा हुन सकेन् । कार्यालयका अनुसार निर्माण थालिएका केहि सडक योजना निर्माण कम्पनीको कमजोरीले कालोपत्रे गर्न सकिएन् ।
पछिल्लो एक वर्षमा चापाकोट–हरिनास जोड्ने दामाचौर–हिलाम¥याङ् १० दशमलब ५, राङ्खोला–बिरुवा खण्डमा पर्ने राङखोला–धोबादी ६ दशमलब १, पुतलीखेत–सिरुबारी पर्यटकीय सडक अन्र्तगत पुतलीखेतदेखि सतौ–दरौ ३ दशमलब १, बिरुवा र हरिनास दुई पालिका जोड्ने बिरुवा–किचनास खण्ड १ दशमलब ७ तथा दुई जिल्ला स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास खण्डको पिपलटारी–बोदीभञ्ज्याङ् १ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भएको छ ।
त्यसैगरी अल्छीखोला–रानीपोखरी खण्डमा ८५० मिटर, बिरुवा र भीरकोट दुई पालिका जोड्ने सडक खण्डको बयरघारी–बानेथोक ८ सय मिटर, ढाडाँखेत–दाह्रेगौडा २ सय मिटर सडक कालेपत्रे गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले बताए ।
‘वार्षिक कार्ययोजना अनुसार सडक निर्माणमा पुरा जनशक्ति केन्द्रित गर्दा समेत ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य प्राप्ति गर्न सकिएन् ।’ प्रमुख अधिकारीले भने, ‘वर्ष भरिमा ३० किलोमिटर सडक मात्रै कालोपत्रे गर्न सकियो ।’ ठेक्कामा लाग्ने सयम, बहुवर्षिय योजना, श्रोत सुनिश्चित नहुँदा र निर्माण कम्पनीले बीचमै काम छाड्दा लक्ष्य पुरा हुन नसकेको अधिकारीले बताए ।
गएको वर्ष ठेक्का सम्झौता भएका १२ वटा बहुवर्षिय सडक योजनाहरू तोकिएको समय सिमाभित्र पुरा भएन् । कार्यालयका अनुसार मालुङगा–रुद्रबेणी सडक सम्झौताको समय सकिन तीन महिना बाँकी रहँदा ५५ प्रतिशत काम भएको छ । सात महिना समय बाँकी रहेको रत्ने–सुन्तलाबारी पर्यटकीय सडकको निर्माण कम्पनीले काम छाडेर हिँडेको छ ।
बहुवर्षिय ठेक्का तर्फकै गल्याङ्–चापाकोट, कोल्मा–ज्यामिरे, दरौ–आरुचौर, बायटारी–सेतिबेनी, किनारे भञ्ज्याङ–धुर्काेट, जिमुवा–पाखिचौर, पिपलटारी–बोदीभञ्ज्याङ्, अर्जुनचौपारी–रापाकोट, वालिङ–हुवास र बलमाटा–खिलुङ् सडकको सम्झौता समय सकिन लाग्दा निर्माणको काम सुस्त छ ।
ग्रामीण भेगका सडक कालोपत्रे भएसँगै स्थानीय उत्साहित भएका छन् । हिउँदमा खपी नसक्नु धुलो र वर्षातमा पानी पर्नासाथ हिलोमा हिँड्न बाध्य उनीहरुलाई सकडले सहज बनाएको छ । पक्की सडक बनेपछि स्थानीयस्तरमा उत्पादित वस्तु निर्यातमा सहज हुने भएपछि स्थानीय कृषि, व्यापार व्यवसायमा स्वरोजगार र आर्यआर्जनमा जोडिन थालेका छन् ।
गएको आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण गर्ने भनिएकोमा पौवेगौडे र रातोखोला २ पुल निर्माण सम्पन्न भएका छन् भने अन्य पक्की पुल निर्माणको क्रममा रहेको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार गएकै वर्ष जिल्लामा ५ वटा झोलुङे पुल निर्माण भएका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा १ अर्ब ३८ करोड ३ लाख ३४ हजार कुल बजेटमा कार्यालयले १ अर्ब १ करोड १२ लाख ६५ हजार पुँजीगत खर्च गरेको छ । जिल्लामा प्रदेश सरकारबाट प्राप्त पुँजीगत खर्च ८० दशमलब २० प्रतिशत हुँदा पूर्वाधारको ७३ दशमलब २६ प्रतिशत वित्तीय प्रगति छ । वित्तीय प्रगति कमजोर भएको कार्यालयले समयमै काम नसक्दा ३६ करोड ९० लाख पुँजीगत बजेट फ्रिज भएको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


