अर्जुनचौपारीद्वारा सडक निर्माणलाई प्राथमिकता
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत वडा कार्यालय जोडिने ग्रामीण सडक कालोपत्रे गर्ने कामलाई तीव्रता दिएको छ । सडक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाले पछिल्लो तीन वर्र्षमा २५ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
विकासको मेरुदण्डका रुपमा लिइएको सडक पूर्वाधारलाई अर्जुनचौपारीले बजेट मार्फत सडकलाई कालोपत्रे गर्ने अभियान नै चलाएको छ । गाउँपालिकाले आन्तरिक स्रोत परिचलान र बजेट व्यवस्थापनबाट झण्डै १८ र प्रदेश सरकार तथा सहरी विकास मन्त्रालयको बजेटबाट करिब ७ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा १० करोडको लागतमा ७ किलोमिटर सडक कालोपत्रे गरेको गाउँपालिकाले जनाएको छ । हरेक वडा पुग्ने सडकलाई कालोपत्रे गर्ने लक्ष्यसहित अघिल्लो वर्र्ष ५ र पछिल्लो वर्र्षमा ७ किलोमिटर सडक कालोपत्रे गरेको गाउँपालिकाले जनाएको छ । गएकै वर्षको बहुवर्षिय योजनाको ५ किलोमिटर सडक कालोपत्रे गर्ने काम तीव्र रुपमा अगाडि बढाइएको छ ।
ग्रामीण क्षेत्रका बासिन्दालाई कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा सहज गराउने उद्देश्यले ग्रामीण सडक कालोपत्रे गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका छ वटै वडामा कालोपत्रे सडक पु¥याउने लक्ष्य अनुसार वडा नं. १, २, ३ र ६ मा कालोपत्रे भएको छ भने वडा नं. ४ मा ठेक्का लगाउने काम भएको छ । वडा नं. ५ मा अघिकांश सडक कालोपत्रे भएको छ भने झण्डै १८ महिनाभित्र कालोपत्रे सडकको काम सकिनेछ ।
गाउँपालिकाको अगुवाईमा पूर्वाधारले हेलु–अर्जुनचौपारी चार किमी सडक कालोपत्रे गर्दा सहरी विकासले अर्जुनचौपारी बजारक्षेत्र हँुदै पुतलीबजारसम्मको दुई किमी कालोपत्रे गरिएको छ । पूर्वाधार तर्फकै दरौखोला खण्डको पाँच सय मिटर, दारेगौँडा सडक, रैते सडक एक किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
सडक कालोपत्रे भएसँगै लामडाँडा, रापाकोट, दरौ, आरुचौरलगायतका दर्जनौँ गाउँका स्थानीयलाई कृषि उत्पादन बिव्रmी वितरणमा सहज भएको छ । सडक निर्माणसँगै अर्जुनचौपारी राष्ट्रिय राजमार्गसँग जोडिएको छ भने गाउँगाउँमा कालोपत्रे सडक पु¥याउन सफल भएको छ । गाउँपालिकाले पछिल्लो तिन वर्र्षमा सडक पूर्वाधारमा मात्रै ३० करोड रुपैयाँ लगानी गरेको छ
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


