२७ सामुदायिक वनमा ‘रिचार्ज पोखरी’
प्रकाश डोटेल/स्याङ्जा :
डिभिजन वन कार्यालय स्याङ्जाले ५२५ सामुदायिक वनमध्ये २७ सामुदायिक वनमा २७ वटा ‘रिचार्ज पोखरी’ निर्माण गरेको छ । प्रदेश सरकार गठनसँगै संचालिन सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ अभियान अन्र्तगत कार्यालयले छनौटका आधारमा २७ वटा ‘रिचार्ज पोखरी’ निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७८÷०७९ मा चार वटा रिचार्ज पोखरी बनाएपछि शुरु भएको अभियानमा कार्यालयले २०७९÷०८० मा ८, २०८०÷०८१ मा १२ र गतवर्ष तिन गरी पछिल्लो चार वर्षको अन्तरालमा २७ वटा रिचार्ज पोखरी निर्माण गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानमा प्रतिपोखरी एक लाखको लागतमा २७ पोखरी निर्माणमा २७ लाख खर्च भएको कार्यालयले जनाएको छ ।
पानीको श्रोत भएरपनि सदुपयोग हुन नसकेको र पानीको अभाब भएको (सुख्खा) सामुदायिक वनमा पोखरी निर्माण भएको जनाउँदै कार्यालयले जिल्लाका उत्तरी क्षेत्रका बढि सामुदायिक वन भएको स्थानीय तह फेदीखोला, आँधीखोला, अर्जुनचौपारी र पुतलीबजारमा बढि मात्रामा रिचार्ज पोखरी निर्माण गरेको जनाएको छ ।
बनेका पोखरीको संरक्षण गर्दै चालु वर्षमा आधा दर्जन रिचार्ज पोखरी निर्माण गरिने डिभिजनल वन अधिकृत नवराज बरालले जानकारी दिए । ‘वनको उपल्लो भागमा पोखरी निर्माण गर्दा वन्यजन्तुलाई पानी पिउन, पानीको मुललाई स्थायी बन्न सहयोग पुगेको छ ।’ उनले भने, ‘पानीको श्रोत जोगाउन रिचार्ज पोखरीले महत्वपूर्ण भूमिका हुँदो रहेछ ।’
आकाशबाट परेको तथा मुहानबाट आएको पानी संकलन गर्न पोखरी निर्माण गरिन्छ । पोखरीको चारैतिर पक्की पर्खाल लगाएपनि पोखरीको तल्लो भागलाई पुरानै अवस्थामा छोड्ने गरिएको छ । वन्यजन्तुलाई पानी पिउन र पोखरीको पानी जमिनभित्र छिर्न सजिलो होस भनेर पोखरीको तल्लो भाग पुरानै अवस्था छोड्ने गरिएको कार्यालयले जनाएको छ ।
सामुदायिक वनमा र्निमित रिचार्ज पोखरीहरु बहुउपयोगी बनेको वन अधिकृत अमर पराजुलीले दाबी गरे । पोखरीको पानीबाट मुहान संरक्षण भएको छ भने वन्यजन्तु पानीको खोजिमा घरबस्ती पस्ने क्रमपनि रोकिएसँगै अल्पकालिन सिँचाइमा समेत सुविधा पुगेको पराजुलीले बताए ।
पोखरी निर्माण भएपछि सडक निर्माणले हराउँदै गएका पानीका मुहान देखिन थालेको सामुदायिक वन उपभोक्ताले सुनाए । माथिल्लो भागमा निर्माण गरेको पोखरीले तल्लो तथा तटीय भेगमा पानीको श्रोत बढेको उनीहरुले बताए । चरनका लागि वन पुगेका पशुचौपायाँलाई समेत पानी उपभोगमा सहज बन्दै गएको उनीहरुको भोगाई छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


