मुक्तिनाथ फाउण्डेशनद्धारा खाद्यान्न वितरण
स्याङ्जा :
कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसर पारेर मुक्तिनाथ फाउण्डेशनले वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ । फाउण्डेशनले स्याङ्जाको रामनदी धामस्थित वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको हो ।
फाउण्डेशनका संस्थापक तथा मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले खाद्यान्न वितरण गर्दै वृद्धवृद्धाहरुको सेवामा संस्थाले स्थापना कालदेखि सेवा गर्दै आएको बताए । समाजमा विभिन्न कारणले जीवनयापन गर्न समस्या भोग्दै आएका वर्गलाई फाउण्डेशनले सहयोग गर्दै आएको उनले सुनाए ।
वृद्धाश्रममा बसोबास गर्ने बेसहारा र विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई संस्थाले सहयोग गर्दै आएको संस्थापक लम्सालले बताए । बैंकको सहयोग र फाउण्डेशनको समन्वयमा देशका विभिन्न भागमा सामाजिक काम गर्दै आएको उनले जानकारी दिए ।
त्यस अवसरमा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय कार्यालय पोखराका प्रमुख रसिक भण्डारी, अर्जुन सुबेदी, मुक्तिनाथ विकास बैंक स्याङ्जाका व्यापार विकास कार्यक्रम अधिकृत सन्तोष ढकाल र वालिङ शाखाका प्रमुख नविन काफ्ले लगाएतले बोलेका थिए ।
काठमाडौंमा केन्द्रिय कार्यालयको फाउण्डेशनको सक्रियतामा राम्दीधाममा बसोबास गर्दै आएका वृद्धवृद्धालाई करिब ५० हजार मुल्य बराबरको खाद्यान्न वितरण गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक देवी प्रसाद अर्यालले जानकारी दिए । राम्दीमा बसोबास गर्ने वृद्धवृद्धालाई संस्थाबाट निरन्तर सहयोग पु¥याउने संयोजक अर्यालले बताए ।
मुक्तिनाथ विकास बैंकको सहयोगमा फाउण्डेशनले शिव पार्वती वृद्धाश्रममा बसोबास गर्ने करिब २५ वृद्धवृद्धहरुलाई खाद्यान्न वितरण गरिएको हो । उक्त आश्रम गल्याङ् नगरपालिका–१, स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम नदी किनारमा दुई दशक अघिदेखि संचालनमा छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


