खिलुङदेउराली स्वास्थ्य चौकी २६ वर्षमा मर्मत
स्याङ्जा :
भीरकोट नगरपालिका–६ मा रहेको खिलुङदेउराली स्वास्थ्य चौकी २६ वर्षमा मर्मत गरिएको छ ।
स्थानीय नागरिकको स्वास्थ्यमा ख्याल गर्ने पालिकाको यस स्वास्थ्य चौकीबाट यस पहिला वर्षौंसम्म मर्मत नहुदाँ जीर्ण, चुहिने र जोखिम मोलेर सेवा दिनु परेको थियो ।
२०४४ सालमा चार कोठाको टिनले छाएको सामान्य भवन स्थापना भएको यो स्वास्थ्य चौकीको नयाँ भवन २०५६ सालमा बनेको थियो ।
निर्माण भएता उक्त भवनको रङरोगन र मर्मत गरिएको थिएन भने वडा नं –६ को मतदान केन्द्रको रूपमा समेत प्रयोग हुँदै आएको भवनको मर्मत सम्भार र रङरोगन नहुँदा बेवारिसे र जीर्ण सरकारी भवन बनेको थियो ।
वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले भवनको सङ्घीय सरकारले स्वास्थ्य मन्त्रालय मार्फत भीरकोट नगरपालिकालाई बजेट विनियोजना गरेसँगै भवन पहिलो पटक मर्मत भएको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत गरिएको निर्माणमा करिब ३३ लाख ६६ हजार बजेट खर्च भएको हो ।
दुई वटा आवाससहित छ वटा कोठा मात्र रहेको भवनमा पाँच वटा अहिले कोठा थपिएका छन् भने सबै कोठाहरूमा टायल बिछ्याइएको समितिका अध्यक्ष लिलाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पुराना खिया लागेर पानी चुहिने भएका जस्ता पाता फेरेर रङ्गिन जस्ता पाताले छाइएको छ भने बिरामी कुर्ने प्रतिक्षालय निर्माण गरिएको रेग्मीले बताउनुभयो ।
प्रतिक्षालय र कोठाहरूमा आवश्यकता अनुसार सिलिङ्ग फ्यान र वाल फ्यान जडान गरिएको छ भने पुरानो विद्युत वाईरिङलाई मर्मत समेत गरिएको छ ।
यहाँ फर्निचरहरू आवश्यकता अनुसार मर्मत र थप गरिएको छ भने झट्ट हेर्दा यो स्वास्थ्य चौकी अस्पताल जस्तै सुन्दर र व्यवस्थित बनेको छ ।
स्वास्थ्य चौकी तारबार र प्रवेशद्वार समेत व्यवस्थित र आकर्षक बनाइएको छ भने दशैँ नै आएको अहिले अनुभूति स्थानीयलाई भएको छ ।
भण्डारखोलामा रहेको यो स्वास्थ्य चौकीबाट गत आर्थिक वर्षमा सात हजार सात सय जना नागरिकले स्वास्थ्य सेवा लिएको स्वास्थ्य चौकी प्रमुख युक्त नारायण अर्यालले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा नेपाल सरकारले तोकेका ९४ थरी औषधी निःशुल्क उपलब्ध हुन्छन् भने बर्थीङ सेन्टरको सुविधा समेत रहेको छ ।
स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा, भिडियो एक्सरेबाट गर्भवती जाँच, परिवार नियोजन सेवा, पाठेघरको स्क्रिनीङ सेवा, नियमित खोप सेवा, क्षयरोगको औषधी, सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


