गण्डकी प्रदेश उपप्रमुख समन्वयको अध्यक्षमा सुवेदी
स्याङ्जा :
गण्डकी प्रदेश भित्रका उपप्रमुखहरुको भेला तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुखहरुको भेलाले गण्डकी प्रदेश समन्वय उपप्रमुख तथा सदस्य समुह गठन गरी तदर्थ समिति निर्माण गरेको छ । प्रदेशस्तरीय उपप्रमुख समन्वय समितिको संयोजकमा स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी चयन भएका छन् । संयोजकमा चयन भएका सुवेदीकै पहलमा यो समिति गठन गरिएको थियो ।
उक्त भेलाले तदर्थ समितिको सचिवमा म्याग्दीका डिलकुमारी खत्रीलाई चयन गरिएको छ । अन्य सबै सदस्य रहनेगरी समिति गठन गरिएको संयोजक सुवेदीले जानकारी दिए । सदस्यहरुमा कास्कीका सरिता कुमाल, लमजुङका मुना रिमाल, गारखाका लिला परियार, मुस्ताङका आइतलाल थकाली, मनाङ्का सुरेन्द्र गुरुङ्, पर्वतका सोम जिसी। नवलपुरका शकुन्तला लम्साल, तनहुँका बासुददेव थापा, बागलुङ्का होम सापकोटा रहेका छन् ।
समितिमा प्रत्येक जिल्ला समन्वय समितिका दुईजना सदस्य मनोनित गर्ने व्यवस्था समेत गरिएको छ । जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउने र जिल्ला—जिल्लाको विकास निर्माणमा अनुभव आदनप्रदान गर्ने उदेश्यले यो समिति निर्माण गरिएको संयोजक सुवेदीले बताए । जिल्ला समन्वयको भुमिका माथी प्रश्न उठिरहेका बेला यो समिति गठनले जिल्लाको हरेक बिषयमा समन्वयकारी भुमिका खेल्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।
७ प्रदेश मध्ये गण्डकी प्रदेशका उपप्रमुखहरुले समिति गठन गरेर आफ्नो पहिचान कायम राख्ने काम यो पहिलो हो । गण्डकी प्रदेशमा ११ ओटा जिल्ला रहेका छन् । प्रत्येक जिल्लामा बैठक बस्ने र जिल्लाको समस्या र राम्रा कुराको अनुसरण गर्ने गृहकार्य हुने बतायएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


