कुक तालिमका सहभागिलाई प्रमाणपत्र वितरण ।
स्याङजा ८ भदौ ।
कुक तथा किचन हेल्पर तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरको आयोजनामा भएको तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

प्रमाणपत्र वितरण गर्नु हुँदै नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापती तथा संस्थाका सल्लाहकार केदार काफ्लेले दक्ष जनशक्तिको अभाव जताततै रहेको बताउनु भयोे । सिप भएमा मात्रै सहज रुपमा आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“सिपको सही प्रयोगल मात्रै जीवन यापन सहज हुन्छ र आम्दानी पनि राम्रो हुन्छ । स्वदेश तथा विदेश जहाँ रहे पनि सिप अपरिहार्य रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर सभापती नेत्रप्रसाद पाण्डेले सिप नहुँदा विदेशमा नेपाली युवाहरुले धेरै समस्या भोग्नु परेको जानकारी गराउनु भयो । सिप सिकेर मात्रै विदेश जान उहाँको सुझाव छ ।
सो अवसरमा पत्रकार महासंघ स्याङ्का अध्यक्ष प्रदिप कोईरालाले राम्रो रोजगारीका लागि राम्रो सिप आवश्यक रहेकोमा जोड दिनुभयो ।
पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य तथा पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देल,अशोक तिवारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेको अध्यक्षता तथा स्याङ्जाका संयोजक पुष्पा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमा कुक तथा किचन हेल्परको एक महिने तालिममा सहभागि भएका ६० जना युवा तथा युवतीलाई प्रमाणपत्र वितरण गरिएको हो ।



समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


