विपद् व्यवस्थापनमा सहकार्य गर्दै स्याङ्जाका पालिकाहरु ।
स्याङ्जा :
स्याङ्जामा रहेका पालिकाहरुले विपद् व्यवस्थापनमा सहकार्य सुरु गरेका छन् । जिल्लाका ११ वटै पालिकाले विपद् व्यवस्थापनको लागि पूर्व तयारी स्वरुप एक आपसमा सहकार्य गरेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाको निर्णय अनुसार पालिकाहरुले सहकार्य गर्दै विपद्को पूर्व तयारी गरेका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।
समितिको बैठमा नगरपालिकाले पाँच लाख ५० हजार र गाउँपालिकालाई चार लाखका दरले अािर्थक सहयोग उपलब्ध गराउने निर्णय भएको थियो । जस अनुसार ३८ लाख सङ्कलन भएको थियो । पहिलो चरणमा रु २० लाखको विपद्जन्य उद्धारका सामाग्री खरिद गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
जिल्लास्थित चार बटै सुरक्षा निकायको सहभािगतामा विपद्जन्य उद्धार सामाग्री खरिद गर्न चेकलिष्टतयार पारिएको थियो । सोही चेकलिष्टका आधारमा पहिलो चरणमा उद्धार सामाग्री खरिद गरिएको हो ।
उद्धार सामाग्री राखियो दुई ठाउँमा ः
पालिकाहरुले सहकार्य गरेर खरिद गरेका सामाग्री जिल्ला सदरमुकाम स्थित प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । जिल्लाका एघार वटै पालिकमा छिटो उद्धार गर्न सकियोस् भनेर पायक पर्ने ठाउँमा उद्धार सामाग्री राखिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो,“दक्षउद्धारकर्मीको साथमा सामाग्री समयमा नै उद्धारका लागि पु¥याउन पायक पर्ने ठाउँमा राखिएको हो ।”
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा रहेका स्थानीय सुरक्षा निकायलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


