डिभिजन वन कार्यालयले गर्यो १ करोड १५ लाख राजस्व संकलन

प्रकाश डोटेल/स्याङ्जा :

डिभिजन वन कार्यालय स्याङ्जाले गएको आर्थिक वर्ष २०८१÷०८२ मा १ करोड भन्दा बढि राजश्व संकलन गरेको छ । निजी तथा सरकारी वनको काष्ठजन्य पैदावारको बिक्री वितरणबाट वन कार्यालयले १ करोड १४ लाख ९० हजार ७०४ रुपैयाँ राजश्व संकलन भएको हो ।

कार्यालयले निजी तथा आवादी वनको १ लाख २५ हजार ३९० दशमलब ४४ क्यूफिट काठ र ९८ चट्टा दाउरा बिक्री गरेर १ करोड १३ लाख ८५ हजार ३०४ रुपैयाँ र सामुदायिक वन तर्फको ५ सय ८६ दशमलब ८४ क्यूफिट खयर जातको काठ बिक्री गरेर १ लाख ५ हजार ४ सय गरी कुल १ करोड १४ लाख ९० हजार ७०४ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

यस अवधिमा वन्यजन्तुको आक्रमणबाट २ सय ९ वटा घटना घटेका छन् । कार्यालयले दिएको जानकारी अनुसार वन्यजन्तुको आक्रमणमा परेर २ सय ५३ पशुधनमा क्षति पुगेको छ भने मानविय क्षतिमा एक जना मानिस घाईते भएका छन् ।

वन्यजन्तुको आक्रमणबाट पशुधनमा पुगेको क्षतिलाई राहत स्वरुप रकम प्रदान गरिएको डिभिजनल वन अधिकृत नवराज बरालले बताए । ‘पशुधन क्षति भएका धनीलाई १४ लाख १४ हजार क्षतिपूर्ति स्वरुप रकम उपलब्ध प्रदान गरेका छौं ।’ अधिकृत बरालले भने ‘यस अवधिमा रतुवा, चितुवा, पंक्षी, मृग र सर्प गरी १५ वटा वन्यजन्तुको उद्दार समेत गरिएको छ ।’

पुँजीगत कुल बजेट १ करोड ५६ लाख ८६ हजारमा कार्यालयले १ करोड ३४ लाख ६२ हजार खर्च गरेको छ भने चालु खर्चतर्फ ३९ लाख ७० हजार विनियोजित बजेटमा ३० लाख ४२ हजार खर्च गरेको जनाएको छ । पुँजीगत खर्चमा वित्तीय प्रगति ८६ प्रतिशत छ भने चालु तर्फको ७६ दशमलब ६२ प्रतिशत खर्च भएको अधिकृत बरालले जानकारी दिए ।

गएको वर्षमा वन कार्यालयले फेदीखोला ४ को कुचेको मुहान, पुतलीबजार १३ को सालघारी र अर्जुनचौपारी २ को बयरा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरेको छ । पोखरी निर्माणले सुख्खा मौसममा आपतकालिन समस्या समाधानका लागि सहज हुने कार्यालयको भनाई छ ।

सोहि अवधिमा डिभिजन कार्यालयले अर्जुनचौपारी १ को गडेरीखोला, वालिङ ५ को सल्लाघारी, भीरकोट ६ मा सुन्दरचौर, पुतलीबजार ११ को घुमाउने चौतारी, भीरकोट ४ मा आँधीखोलामा पार्क निर्माण गरिएको वन अधिकृत सूचना अधिकारी रुक्मागत सुबेदीले बताए । अर्जुनचौपारी ४ को लांकुरी आधारभूत विद्यालय, भीरकोट ७ को खिलुङ् कालिका मन्दिर, पुतलीबजार ४ को स्याङ्जा भ्यू प्वाईन्ट, र वालिङ १ को बेलपोखरी थुम्कामा हरित पार्क तथा उद्यान निर्माण गरेको सुबेदीले जनाए ।

कार्यालयले चापाकोट नगरपालिका ९ मा सुन्तलीटार बगैंचा चौतारो निर्माण, फेदीखोला गाउँपालिका ४ को खरिडाँडा छिरुवापानी सामुदायिक वनको अतिक्रमित जग्गामा घेराबार गरेको छ । यस वर्षमा अतिक्रमित जग्गाको व्यापक खोजि र व्यवस्थापन गरेको कार्यालयले जनाएको छ ।

जटिबुटी तथा वन पैदावारको पहिचानमा जिल्लामा उपलब्ध जटिबुटीको नमुना प्रर्दशनी गरेको कार्यालयले आँधीखोला गाउँपालिका १ पञ्चमूल जडिबुटी समूहमा ३ हजार टिमुरका बिरुवा रोपण गरेको छ । अर्जुनचौपारी गाउँपालिका ४ रापाकोट, भीरकोट ४ को दबुङ र पुतलीबजार नगरपालिका ७ को मोहरियामा ४ हजार ६५० टिमुरका बिरुवा रोपण गरिएको जनाइएको छ ।

गएकै वर्ष वन पैदावारको अबैध पैठारीमा ४ मुद्दामा ट्याक्टर, बोलेरो जिप समेत २२ जनालाई नियन्त्रणमा लिएर कानूनी कारबाही गरिएको छ । उनीबाट ४ सय ८२ क्यूफिट साल, १३ सय ९२ क्यूफिट सल्ला, ५१ क्यूफिट समी र अस्ना २९ क्यूफिट काठ पक्राउ परेको वन अधिकृत अमर बहादुर पराजुलीले बताए । वन्यजन्तुको अबैध कारोबारमा १ मुद्दामा मृत रतुवा मृग सहित पक्राउ परेका २ जनालाई कारबाही गरेको पराजुलीले जानकारी दिए ।

कार्यालयले शर्सत अनुदानमा कल्कीफुल, धुपी, गोलमोहर, पारिजात र कपुर प्रजातिका १४ हजार ७ सय बहुवर्षिय बिरुवा उत्पादन गरेको छ । अनुदानको बजेटबाटै टिमुर, अमला, कुरिलो जातका २५ हजार जडिबुटीका बिरुवा उत्पादन गरेको कार्यालयले प्रदेशको कार्यक्रममा निमारो, खयर, पैंयु प्रजातीको २८ हजार ५०९ गरी ६८ हजार २०९ बिरुवा उत्पादन गरेर मागका आधारमा जिल्लाभर वितरण गरेको जनाएको छ ।

वार्षिक कार्यक्रम अनुसार २ वटा नर्सरीको मर्मत, २ सामुदायिक वनमा समिति गठन र कार्ययोजना तयार गरिएको वन अधिकृत अमर बहादुर पराजुलीलले बताए । ४४ वटा सामुदायिक वनको कार्ययोजना नविरकण, ५२३ सामुदायिक वनको प्रतिबेदन तयार गरेको कार्यालयले ३ सामुदायिक वन व्यवस्थापन र २० हेक्टर भन्दा कम क्षेत्रफल भएको ११ समूहको संक्षिप्त कार्ययोजना तयार पारेको कार्यालयले आफ्नो प्रतिवेदन मार्फत जानकारी दिएको छ ।

 

Facebook Comments Box
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि

वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…

TOP