देवरसँग मिलेर सुन लुकाउने चन्द्रकुमारी आफै परिन प्रहरीको फन्दामा……
स्याङ्जा :
सुनका गरगहना हराएको भन्दै प्रहरीलाई झुटो उजुरी दिने महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै देवरसँग मिलेर सुनका गरगहना लुकाएकी आँधिखोला गाउँपालिका–१ की ४१ वर्षीय चन्द्रकुमारी गुरुङ र देवर ३८ वर्षीय धनराज गुरूङलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
साउन १२ गते साँझ आफ्नो घरमा रहेको साढे सात तोला सुनका गरगहना र नगद चार हजार हराएको भन्दै चन्द्रकुमारीले प्रहरीलाई उजुरी गर्नु भएको थियो । छानविनका क्रममा आफ्नै देवरसँग मिलेर चन्द्रकुमारीले सुन लुकाएको पाईएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
चन्द्रकुमारीका श्रीमान रोजगारीका सिलसिलामा ब्रुनाईमा रहनु भएको प्रहरीले जनाएको छ । देवरसँगको मिलेमतोमा लुकाई छिपाई राखेको अवस्थामा घरमा नै सुन वरामद गरिएको प्रहरीको भनाई छ ।
प्रहरीलाई झुट्टा निवेदन दिएको अनुसन्धान पश्चात खुल्न आएको भन्दै उनीहरुलाई शनिबार पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडि वढाईएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


