अवैध रुपमा ढुङ्गा ओसार पसार गरिरेहका दुई ट्याक्टर प्रहरी नियन्त्रणमा
स्याङ्जा :
गल्याङ नगरपालिका वडा नं ५ रुखापानी र घिमिरे खोला स्थित अवैध रुपमा ढुङ्गा ओसार पसार गरिरहेको अवस्थामा दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार अवैध रुपमा ढुङ्गा ओसार पसार गरिरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जैयपते स्याङ्जा बाट खटिएको प्रहरी टोलीले ढुंगा ओसार पसार गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।
ग १ त ७१५५ नम्बर र लु ४ त ६५६७ नम्बरको दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो। ट्याक्टर नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय वालिङ स्याङ्जा मार्फत आबस्यक कानुनी प्रक्रिया अघि बढाइएको चौधरीले बताउनुभयो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


